एसियाका सभामुखहरूको सम्मेलनमा भाग लिन घर्ती भारत जाँदै



काठमाडौं, ६ फागुन ।

सभामुख ओनसरी घर्ती भारतको इन्दौरमा हुन थालेको एक सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

अहिले केही समयपछि सभामुख घर्ती संसद सचिवालयका केही कर्मचारीहरूसहित इन्दौर प्रस्थान गर्न लागेको प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

भारतको इन्दौरमा दक्षिण एसियाका सभामुखहरूको सम्मेलन हुँदैछ । सोही सम्मेलनमा भाग लिन सभामुख घर्ती नयाँ दिल्ली हुँदै इन्दौर जाने बताइएको छ ।

सभामुख घर्ती फागुन नौ गते स्वदेश फर्कने सल्लाहकार शर्माले बताए । सभामुखहरूको सम्मेलन गर्ने जिम्मेवारी यसपटक भारतले पाएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...