रक्सी खाएर प्रहरीलाई हातपात गर्न खोज्ने कांग्रेस नेता पक्राउ

- नेपालगन्ज,१७ फागुन ।
बाँकेको बागेश्वरी बहुमुखी क्याम्पसमा सञ्चालक समितिको बैठक चलिरहँदा मदिरा रक्सी खाएर आएर प्रहरीमाथि हातपात गर्न खोज्ने नेपाली कांग्रेसका नेता कृष्ण कार्कीलाई प्रहरीले पक्रेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मंगलबार बेलुका क्याम्पसमा सञ्चालक समितिको बैठक बसिरहँदा सञ्चालक समितिका सदस्यसमेत रहेका कार्की रक्सी खाएर बैठककक्षमा सहभागी भएपछि विवाद उत्पन्न भएको थियो ।
उनी कांग्रेसको तर्फबाट कोहलपुर नगर विकास प्रमुखसमेत बनिसकेका छन् । उनी अहिले कांग्रेस अनुगमन तथा मूल्याङ्कन विभागमा छन् ।
कार्कीले क्याम्पसका प्राध्यापकलाई थर्काउन थालेपछि प्रहरीले बाहिर निकाल्न लाग्दा प्रहरीमाथी नै हातपात गरेपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कार्कीले बैठकस्थलभित्र प्राध्यापक ललित चन्दलाई दुव्र्यवहार गरेका हुन् । बैठक बाहिर महिला प्रहरी जवान खुमिसरा डांगीलाई दुव्र्यवहार गर्न खोजेपछि छुटाउन गएका प्रहरी हवल्दार डम्बर सिंहसमेत घाइते भएका छन् । कोहलपुर क्याम्पसमा आइतबार राति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनि गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...