पत्रकार महासंघ जिल्ला अधिवेशनहरूको नतिजा आउन थाल्यो, कसले कहाँ जिते ?



काठमाडौँ, ४ फागुन । 

विभिन्न जिल्लामा भएका पत्रकार महासंघका जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएका छन् ।

म्याग्दी – नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा तारानाथ शर्मा निर्वाचित भरका छन् । शाखाको मङ्गलबार बेनीमा सम्पन्न पाँचौँ अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो । 

अधिवेशनले शाखाको पदाधिकारी, सदस्यसहित केन्द्रीय र क्षेत्रीय पार्षदसमेत सर्वसम्मत रुपमै निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, रुद्रकुमारी खत्री (मालती), सचिवमा गोरखनाथ सुवेदी, कोषाध्यक्षमा हरिकृष्ण गौतम, सहसचिवमा कमल खत्री र गोपाल छन्त्याल निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सुदर्शनकुमार श्रेष्ठ, प्रताप बानियाँ, पदम विश्वकर्मा, अमित विश्वकर्मा, आशिका मल्ल, सावीत्रा सुवेदी र दिनेश फगामी चयन भएका छन् ।

अधिवेशनबाट केन्द्रीय पार्षदहरुमा क्रमशः सुरत केसी, प्रकाश पौडेल, सवी बानिया, धु्रवसागर शर्मा र देवीप्रसाद शर्मा तथा प्रदेश पार्षदमा सन्तोष गौतम, घनश्याम खड्का, निर्मल खत्री, रामचन्द्र गौतम, प्रमोद शर्मा, गीता मिजार र कमल बानियाँ चयन भएका छन् ।

शाखाका अध्यक्ष सुरत केसीको अध्यक्षतामा भएको अधिवेशनको महासङ्घका केन्द्रीय महासचिव उजिर मगरले उद्घाटन गरेका थिए ।

महासङ्घ गुल्मीमा भुसाल

गुल्मी –नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाको मङ्गलबार सम्पन्न पाँचौँ अधिवेशनले नवराज भुसाललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

पन्ध्रसदस्यीय समितिको उपाध्यक्षमा अनिल खत्री, सीता भण्डारी, सचिवमा टोपलाल अर्याल, सहसचिवमा घनश्याम खरेल, नारायण मरासिनी र कोषाध्यक्षमा तेजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा रेशम कुँवर, राजेन्द्र पन्थी, रामकृष्ण कँडेल, धनकुमारी नेपाली, कौरव खत्री, छवि पाण्डे र दधिराम खनाल रहेका छन् । 

महासङ्घको केन्द्रीय सभासद्मा घनश्याम गौतम, हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, कमल पौडेल, गगनशिला खड्का, हरि पोखरेल र प्रेम सुनार चुनिएका छन् ।

प्रादेशिक सभासद्मा ज्ञानबहादुर महतरा, तिलक महत, हेमलाल भण्डारी, सञ्जीवनी अर्याल, अर्जुन भण्डारी, ताराप्रसाद भुसाल, मदन पौडेल र गणेश सारु निर्विरोध निर्वाचित भएको केन्द्रीय प्रतिनिधि सुरज आचार्यले बताए।

प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरबीच सहकार्य भएपछि नेतृत्वसहित सबै पद निर्विरोध चयन गरिएको हो ।

गोरखामा थापा सर्वसम्मत

गोरखा : नेपाल पत्रकार महासङ्घ गोरखाको पाँचौँ अधिवेशन तथा आठौँ साधारण सभाबाट अध्यक्षमा किशोरजङ्ग थापा सर्वसम्मत चयन भएका छन् ।

महासङ्घ गोरखा शाखाको संस्थापक अध्यक्षसमेत रहेका थापा लामो समयदेखि गोरखाको पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । 

महासङ्घको मङ्गलबार राति अबेर सकिएको अधिवेशनबाट उपाध्यक्ष खुल्लामा दीपक श्रेष्ठ र महिला उपाध्यक्षमा अनुपमा खनाल चयन भएका हुन् ।

यस्तै, सचिवमा नरहरि सापकोटा चयन हुनुभयो भने सहसचिव खुल्लातर्फ गुणराज रोका र समावेशीतर्फबाट रेणु श्रेष्ठ चयन भएको निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए । कोषाध्यक्षमा हरिराम उप्रेती चयन भएका छन् ।

महासङ्घको सदस्यमा सन्तोष अधिकारी, करिष्मा केसी, विकास मरहट्ठा, बिमल श्रेष्ठ, चाँदनी श्रेष्ठ, दानबहादुर गुरुङ र उद्धव कुमाल सर्वसम्मत चयन भएका हुन् ।

केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठ, सुदीप कैनी, आत्माराम श्रेष्ठ र राजेन्द्र न्यौपाने, प्रदेश पार्षदमा प्रशन्न पोखरेल, अञ्जनबाबु खत्री, सङ्गम तिवारी र सुरेन्द्र देवकोटा सर्वसम्मत चयन हुनुभएको अधिवेशनका लागि खटिएका केन्द्रीय प्रतिनिधि रमेश बिष्टले बताए ।

यस्तै, गोरखामा क्रियाशील पत्रकारद्वय नरहरि सापकोटा र किरणकुमार लोहनीलाई जनही रु पाँच हजारका दरले तुलसी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

भूकम्पअघि र पछि उहाँहरुले गर्नुभएको रिपोर्टिङको कदर गर्दै २०७२ सालको लोहनीलाई र २०७३ सालको पुरस्कार सापकोटालाई प्रदान गरिएको हो ।

प्रेस युनियनको विरोधपछि स्थगित

दमौली : नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्वले चुनाव जित्ने उद्देश्यले आफूखुसी जिल्लामा नयाँ सदस्य थपेको भन्दै त्यसको विरोधमा प्रेस युनियन तनहुँले मङ्गलबार महासङ्घ तनहुँको १०औँ अधिवेशन स्थगन गराएको छ ।

युनियन तनहुँका अध्यक्ष ओमकार आचार्यको नेतृत्वमा गएको टोलीले अधिवेशन स्थलमा ताला लगाई अधिवेशन स्थगन गराएको हो । 

युनियनमा आबद्ध पत्रकारले अधिवेशनस्थल कर्मचारी मिलन केन्द्रमा तालाबन्दी गरेका हुन् । युनियनले अधिवेशनस्थलमा तालाबन्दी गरेपछि फेरि त्यसको विरोध गर्दै प्रेस चैतारी, प्रेस सेन्टर र प्रेस सोसाइटीले महासङ्घको भवनमा पुगेर ताला लगाइदिएका थिए ।

युनियन तनहुँका अध्यक्ष आचार्यले चुनाव जित्ने उद्देश्यले यहाँबाट सिफारिस गरिएका बाहेक नयाँ सदस्यता पठाइएकाले धाँधली हुने देखेर आफूहरुले तालाबन्दी अधिवेशनस्थलमा तालाबन्दी गरेको बताए । 

प्रेस चैतारी तनहुँका अध्यक्ष नारायण खड्काले युनियनले अधिवेशनस्थलमा ताला लगाउनु हारको मानसिकता भएको बताए । “उनीहरुलाई केन्द्रले नै पठाएको हो हामीले केही गरेका छैनौँ”, उनले भने । युनियनले चुनाव स्थगन गराएर गलत कार्य गरेको छ, उनले भने ।

महासङ्घका केन्द्रीय प्रतिनिधि राजु लामा विवाद मिल्ने नदेखिएपछि अधिवेशन स्थगन गरी केन्द्रतर्फ फर्किएका थिए । महासङ्घको अधिवेशन एकाएक स्थगन भएपछि जिल्ला भित्रका पत्रकार अन्यौलमा परेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...