लामिडाडाँमा पहिलो पटक मोटर पुग्यो

  • चितवन, २६ माघ ।

चितवनको पहाडी गाविसअन्तर्गतको दारेचोक गाविसको लामिडाडाँमा पहिलो पटक मोटरगाडी पुग्दा स्थानीयमा खुसी छाएको छ ।

चेरेस-लामिडाँडा कृषि सडकको विधिवत्रुपमा उद्घाटन भएसगैँ सो ठाउँमा पहिलो पटक मोटरबाटो पुगेको हो । पृथ्वी राजमार्ग अन्तर्गत मनकामना दर्शन प्रालि चेरेसबाट लामिडाँडासम्म करिब सात किलोमिटर पर्दछ ।

उक्त कृषि सडकको चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेल दारेचोक गाविसका सचिव निलकण्ठ लामिछानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सडकको उद्घाटनपछि कोलबारी लामिडाँडामा गरिएको कार्यक्रममा पोखरेलले बाटो निर्माणपछि गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल सहजै बजार लैजान र बजारबाट दैनिक उपोग्य सामानहरु ल्याउन सजिलो हुने बताए ।

चेरेस लामिडाँडा कृषि सडक समितिका अध्यक्ष मुन्द्र बहादुर रानाले ६.८ किलोमिटर बाटो निर्माणमा ३३ लाख ४४ हजार ६ सय ५ रुपैया खर्च भएको जानकारी गराए । जसमा सांसद कोषबाट २४ लाख ५० हजार अनुदान, गाविस कार्यालयबाट ५ लाख अनुदान र गाँउ घरमा चन्दा संकलन गरेर १ लाख २७ हजार २ सय ३१ रुपैयाँ गरी ३० लाख ७७ हजार २ सय १३ रुपैयाँ संकलन भएको जानकारी गराउँदै अझै २ लाख ६७ हजार ३ सय ९२ रुपैयाँ अपुग भएको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रताप गुरुङ्गले कुनै पनि विकास निर्माणको काममा सबै दल एक भएर लाग्न सकेमात्र सफल हुने बताउदैँ कुनै पार्टीको मात्र प्रयासले सम्भव भएको मान्यता राख्न नहुने बताए ।

प्रतिकृया दिनुहोस्

Loading...