प्रवासीको लास बाकसमा प्याक भएर आएपछि यस्तो बनाउछन् कलाकारले गीत (भिडियोसहित)
- राजु बोहरा ।
परदेशमा रहने नेपाली दाजुभाइहरुको कथा व्यथाहरुलाई समेटेर तयार पारिएको नेपाली लोक भिडियो बजारमा आएको छ ।
रोजगारीकोि सिलसिलामा विभिन्न मुलुकमा रहेक परदेशीहरुको यथार्थ कथावस्तुमा आधारित लोक दोहोरी गीत 'व्यथा निकै छ ' बोलको गीत बजारमा आएको हो ।
मणिराज स्याङ्ताङ्गको प्रस्तुतिमा रहेको उक्त गीतमा सञ्चारकर्मी, सर्जक साहस भट्टको लय रहेको छ । भट्टले यस अघि मुटुको घाउ, भुल्नेलाई भुल्न सक्ने ओखती, तिमले दियौ व्यथा लगाएतका धेरै गीतमा लय सिर्जना गरिसकेका छन् ।
बिन्ध्याबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त म्यूजिक भिडियोले बजारमा आएको छोटो समयमा नै असंख्य श्रोता, दर्शकहरुको मन जितेको सर्जक साहस भट्टको भनाइ छ।
न प्यास लाग्दा पानी पाउने न त दुख बिरामीमा औषधि उपचार गर्ने आफन्त नै साथमा यस्तै पिंडादायी कथा वस्तुमा आधारित सब्द मेटिएको हुनाले यो गीत छोटो समयमा नै प्रवासी नेपालीका साथै आम संगीत पारखीहरुको मनको रोजाई बन्न सफल भएको भट्टको दाबी छ ।
चर्चित गायक मौसम गुरुङ र बन्दना पाण्डेको सुमधुर आवाजमा रहेको 'व्यथा निकै छ' बोलको गीतमा प्रवासी नेपाली मणिराज तामाङले शब्द कोरेका छन्।
बिन्ध्यबासिनी फ्लिमस् प्रालि.ले गीतको कथावस्तु अनुसार भिडियोको निर्माण गरेको छ । आशा खड्का र युवराज तामाङले, बाध्यताबस परदेशिएका आफन्त र त्यहि आफन्तको बियोग भित्रको पिंडालाई जिबन्त अभिनयमा उतार्ने कोसिश गरेका छन् ।
कपिल लामाले निर्देशन रहेको म्युजिक भिडियोको राजेश घिमिरे र बिष्णु शर्माले छायांकन गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...