आफूलाई तनाब भएपछि मेसीले छिमेकीको घर नै किनिदिए

  • एजेन्सी, २८ माघ ।

बार्सिलोनाका क्रोएसियाली प्लेमेकर इभान राकिटिकले सधै हो-हल्ला गरेर ‘डिस्टर्ब’ गरिरहेका एक छिमेकीको पुरै सम्पत्ति लिओनल मेसीले किनेको खुलासा गरेका छन्।

स्पेनिस पत्रिका डारियो गोललाई अन्तर्वार्ता दिने क्रममा राकिटिकले क्लबका अर्जेन्टिनी स्टारको विषयमा रोचक घटना सार्वजनिक गरेका हुन्। मेसी स्पेनमा महंगो मानिने कास्टेलडेफेल्समा बस्ने गर्छन्। उनी नजिकै क्लबका अर्का खेलाडी लुइस सुआरेज पनि बसोबास गर्छन्।

मेसीको घरसँग जोडिएको अर्को घरमा बसोबास गर्ने गरेका परिवार सधै हो-हल्ला गर्ने गर्थे। जसका कारण मेसी र उनको परिवारलाई समस्या पर्दै आइरहेको थियो। मेसीले यसको सरल उपायको रुपमा छिमेकीको पुरै सम्पत्ति किनेको राकिटिकले बताए।

यो घटना २०१३ को बताइएको छ। राकिटिक पनि यही ठाउँमा बस्छन्। तर, उनको अपार्टमेन्ट मेसीको भन्दा आधा घण्टा दक्षिणमा पर्छ। उनले अन्तर्वार्ताको क्रममा भने–‘मलाई छिमेकीबाट कुनै समस्या छैन, मेसीलाई कास्टेलडेफेल्समा भए जस्तो।

उनले छिमेकीको घर नै किनिदिए शान्तसँग बस्न।’ मेसीको छिमेकी बढी हल्ला गर्ने मात्र होइन, गीत पनि चर्को आवाजमा सुन्ने गर्थे। मेसीले सुरुमा छिमेकी र आफ्नो घरको बीचमा पर्खाल लगाउने तयारी गरेका थिए।

तर, जमिनसम्बन्धि नियमका कारण छिमेकीले पर्खाल लगाएको खण्डमा मुद्धा दायर गर्ने धम्की मेसीलाई दिएका थिए। समस्याबाट बाहिरिनका लागि आफ्नो अपार्टमेन्ट हुँदा हुँदै मेसीले छिमेकीको समेत किनिदिए।

,

प्रतिकृया दिनुहोस्

Loading...