मोहन भुल वचाउ अभियानका लागी ५७ हजार रकम संकलन


  • धनराज साउद  । 
  • अछाम ४ फागुन ।

रेडियो वान्नीगढीको मोहन भुल वचाउ अभियान अन्तर्गत आर्थीक संकलन अभियान संचालन गरेपछि आज जयगढमा ५७ हजार रकम संकलन भएको छ  ।

आर्थीक संकलन अभियान अन्तर्गत जयगढमा व्यपार गर्दै आएका खेमराज खड्काले २ हजार ५,गजेन्द्र साउदले हजार ५ सय,संगम साउदले हजार ५ सय र सम्प’र्ण व्यापारीले आर्थीक सहयोग गरेका हुन् ।

सहयोगवाट संकलित रकम मोहनको उपचारका लागी मोहनका आफन्त मार्फत काठमाण्डौ पठाइएको छ।

आखाको उपचारका लागी काठमाण्डौ जानेक्रममा क्रिश’ली नदिको किनारमा पिसाब गर्न बसबाट ओर्लिने क्रममा चिफ्लियर गम्भिर घाइते भएका भुल उपचारका लागी अर्थिक अभाव भइ उपचारमा कठिनाइ भएपछि रेडियो वान्नीगढीले मोहन भुल वचाउ अभियान संचालन गरेको थियो ।

मोहन भुल वचाउ अभियान अन्तर्गत अर्थिक संकलनका लागी हिजोवाट रेडियो वान्नीगढीले स’चना र समाचार प्रसारण गरी आर्थीक सहयोगका लागी अपिल गरेको थियो ।

रेडियो वान्नीगढीले यो अभियान संचालन गरी सहयोग गरेकोमा मोहनका साला हर्वजन भुलले रेडियो वान्नीगढी परीवारलाइ आभार पर्कट गरेका छन ।

अछाम जिल्लाको वर्दादेवी गाविस ७ घर भएका घाइते मोहन भ’ल जयगढ बजारमा सामान्य माछा मास’ र तरकारिको ब्यायसाय गर्दै आएका छन।

आखाको उपचारका लागी काठमाण्डौ जानेक्रममा क्रिश’ली नदिको किनारमा पिसाब गर्न बसबाट ओर्लिने क्रममा चिफ्लियर गम्भिर घाइते भएका भ’लको हाल काठमाण्डौ सिनामंगल स्थीत के एम सी अस्पतालमा उपाचार भैरहेको छ ।

लामो समय देखि आखामा देखिएको समस्याको उपचार गराउन हिडेका ३५ वर्षीय मोहन आखा जाचका लागी काठमाण्डौ पुग्न नपाउदै शुक्रबार वसवाट ओर्लीने क्रममा त्रिशुलीको किनारको सडक छेउवाट ३५ फिट भिरमा लड्दा भूलको टाउकोमा करीव २५ टाका लागेको, दाया खुट्टा भाचिएको र छातिमा पनि गम्भिर चोट लागेको उनका साला हर्वजन भुलले वताएका छन् ।

३ छोरा श्रीमान श्रीमती गरी ५ जनाको परीवार पाल्दै आएका मोहन आफै अस्पतालको सैयामा छट्पटाएपछि उनको परीवारको विचल्ली भएको छ ।

मोहनको समस्यामा राहात पुगोस भन्ने उदेश्यले रेडियो बान्निगढीले मोहन भुल बचाउ अभियान स’? गनर्’का साथै रेडियो बाट समाचार र रिपोर्ट प्रसारण र आर्थीक संकलन अभियानमा जुटिरहेको  छ।

,

प्रतिकृया दिनुहोस्

Loading...