विप्लव माओवादीका २ नेता पक्राउ, तत्काल रिहा नगरिए संघर्षमा उत्रिने कर्णाली ब्युरोको चेतावनी


काठमाडौँ २४ माघ ।

नेत्र विक्रम चन्द विप्लव माओवादी दैलेखका २ जना जिल्ला सदस्यलाइ सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महाधिवेशन प्रचार प्रसारमा रहेका माओवादी जिल्ला सदस्य दोय भिम बहादुर नेपाली र चन्द्र बहादुर बुढालाइ पक्रउ गरेको हो ।

त्यस्तै आफ्ना कार्यकर्ता पक्राउ गरेको प्रती माओवादी कर्णाली ब्यूरोले कडा आपत्ति जनाएको छ ।

माओवादी कर्णाली ब्युरोका इन्चार्ज एटम बिसीले आज एक बिज्ञप्ति जारी गर्दै गिरप्तार गरिएका आफ्ना २ जना कार्यकर्तालाइ तत्काल रिहा गर्न प्रसाशनसंग जोडदार माग गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ । 'कथित लोकतान्त्रिक व्यवस्थाले मौलिख अधिकारको पनि प्रयोग गर्न दिइरहेको छैन । महाधिवेसनलाइ प्रभावित पार्ने गरी राज्य देशभर धरपकडमा उत्रेको छ । न्युनतम प्रचार प्रसारमा रोक लगाइ झुट्टा मुद्दा जाल्जेल र सड्यन्त्र गरिरहेको छ ।'

माओवादीले आफ्नो प्रभाब बढ्दै गएपछि राज्यले कार्यकर्ताहरुलाई बिना कारण गिरप्तार गरिरहेको आरोप लगाएको छ ।

कर्णाली ब्युरो इन्चार्ज एटमले गिरप्तार गरिएका आफ्ना कार्यकर्तालाइ तत्काल रिहा नगरिए कडा संघर्षमा उत्रिने बिज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...