उद्घाटन भएको २१ दिनमै आयोजनाको नहर भत्कियो



जाजरकोट,२३ माघ ।

जाजरकोटकोे गर्खाकोट–९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि बन्द भएको छ ।

नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको हो । ४.५ किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घरमा बिजुली बलेको थियो ।

विद्युत उपभोक्ता समितिका सचिव पदमबहादुर शाहीका अनुसार नहर मर्मत गर्न आर्थिक अभाव भएको र तत्काल कतैबाट सहयोग नआएकाले विद्युत सेवा नियमित गर्न समय लाग्ने जानकारी दिए ।

निर्माणको क्रममा गुणस्तरमा ख्याल नगरेकाले समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...