प्रचण्ड र ओली गोप्य वार्ताको १२ घण्टा नवित्दै नारायणकाजी दिल्ली दौडाहामा !



  • इमान्दार मिडिया संवाददाता ।

आफ्नो निजि निवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच गोप्य वार्ता गराएको १२ घण्टा नवित्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले भारत दिल्ली दौडाहाको तयारी थालेका छन् ।

माओवादी विदेश विभाग प्रमुख समेत रहेका श्रेष्ठ शुक्रवार साँझ नै दिल्ली जान लागेका हुन्।

पार्टी निकट प्रवासी संगठनको कार्यक्रममा भाग लिन उनी दिल्ली जान थालेको माओवादी विदेश विभागले जनाए पनि प्रचण्ड ओली बार्ता गराएर उनि भारत जानु निक्कै रहस्यमय बनेको छ। भ्रमणका क्रममा राजनीतिक भेटघाट समेत हुने स्रोतले बताएको छ । श्रेष्ठ दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा पनि सहभागी हुनेछन् ।

हात्तीबन पुगेर प्रचण्ड-ओलीले गरे गोप्य संवाद, देउवा जिल्ल

श्रेष्ठले शुक्रवार विहान हात्तीबनस्थित आफ्नो निवासमा प्रचण्ड र ओलीको वार्ता गराएका थिए । पछिल्लो समय सत्तारुढ दल र विपक्षीबीच तनाव बढेका बेला श्रेष्ठले वार्ताको वातवरण बनाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र ओलीवीच आफ्नो निवासमा भेट गराएर श्रेष्ठले दिल्लीमा राजनीतिक भेटका लागि वातवरण बनाएको माओवादी स्रोतको भनाई छ ।

यसरि आजै सत्ता साझेदार दल नेपाली कांग्रेसलाई कुनै जानकारी नै नदिई ओलीसँग गोप्य बार्ता गरेर आजै नारायणकाजीलाई भारत पठाउनुको पछाडी प्रचण्डको कुनै नया रणनीतिक योजना हुनसक्ने राजनितिक विश्लेषकहरुको भनाइ छ ।

याे पनि पढ्नुहाेस् 

, ,

प्रतिकृया दिनुहोस्

Loading...