विप्लव माओवादी आठौं महाधिवेशन : उद्घाटन तयारी पुरा, आइतबार ५० हजार बढी कार्यकर्ता सडकमा उत्रिदै

- इमान्दार मिडिया संवाददाता।
- काठमाडौं,२९ माघ ।
फागुन १ गते काठमाडौंमा उद्घाटन हुने आठौं महाधिवेशनको पुर्व सन्ध्यामा बसेको केन्द्रीय समिति वैठकले महाधिवेशनको आन्तरिक र बाह्य सबै तयारी पुरा भएको बताएको छ ।
आइतबार खुलामञ्चमा हुने महाधिवेशनको उद्घाटनपुर्व उपत्यकाका तीन ठाउँबाट बृहत्त र्याली निकालिने नेकपा (माओवादी) केन्द्रीय सदस्य तथा जबस सङ्गठनका फ्याक्सन इन्चार्ज मोहन कार्की 'जीवन्त' ले इमान्दार मिडियालाई बताए ।
मध्यान्ह १२ बजे उपत्यका ३ ठाउँ, बबरमहल, कालिमाटी र लैनचौरबाट हजारौं कार्यकर्तासहित र्याली निकालिने उनले बताए । महाधिवेशनको अवसरमा नेकपा (माओवादी)ले ५० हजार बढी कार्यकर्ता काठमाडौंमा उतार्ने बताएको छ । यसैबीच देशभरबाट नेता कार्यकर्ता काठमाडौं आउने क्रम पनि जारी छ ।
क्रान्तिकारी धार समातेर युवा जमातको विश्वास जितेको विप्लव माओवादीको यो आठौं महाधिवेशनलाई राजनीतिक वृतमा विशेष महत्वका साथ हेरिएको विश्लेषकहरुको भनाई छ ।
महाधिवेशनको उद्घाटन काठमाडौंमा भएपनि बन्दसत्र भने क्रान्तिको उद्गम स्थल रोल्पा थवाङमा हुनेछ ।
महाधिवेशनको उद्घाटन काठमाडौंमा भएपनि बन्दसत्र भने क्रान्तिको उद्गम स्थल रोल्पा थवाङमा हुनेछ ।
प्रतिकृया दिनुहोस्
Loading...