अब ७५ वटै जिल्लाबाट एकसाथ क्रान्ति सुरु हुन्छ - विप्लव

  • काठमाडौं, २२ माघ ।
नेकपा (माओवादी)का महासचिव विप्लवले अब ७५ वटै जिल्लाबाट क्रान्ति एकैसाथ् सुरु हुने उद्घोष गरेका छन् ।
जनतालाई क्रान्तिबाट अलग्याउन चाहने तत्वहरुले माओवादीलाई जंगल जान्छ भनेर भ्रम फैलाएको भन्दै विप्लवले जनता, राष्ट्रिय उद्योगी व्यवशायी, देशभक्त र प्रगतिशिल शक्तिको नेतृत्व गर्दै ७५ जिल्लामा एकैसाथ अान्दाेलन गर्ने बताए ।

शनिबार काठमाडाैँमा जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वयन समितिको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले जंगल नपसेरै अबको क्रान्ति हुने र कार्यकर्ताहरुले जंगलतिर जानेबारे सोच्न पनि नहुने बताए।

'माओवादीलाइ जनता बाट अलग्याउने षड्यन्त्र भएको छ । माओवादी हिजो पनि जनताका बिचमा थियो ,आज पनि छ र भोलीसम्म रहिरहने छ ।' उनले भने - ' यो क्रान्ति जनताका लागी हो ।'

अहिले नेपालका संसदवादी दलहरुसत्ता र स्वार्थका लागि आपसी झगडामा तल्लीन रहेका भन्दै उनले त्यस्ता दलालहरुबाट जनता र राष्ट्रको भलो कदापी हुन नसक्ने जिकिर गरे ।

'अंगीकृत नागरिकता दिलाउन दबाब दिनुको कारण पनि नेपालको सत्तामा भारतले आफ्नो प्रभाव जमाउने उद्देश्यले  हो । भारतले हाम्रो नदी नाला, प्राकृतिक स्रोत कब्जा गर्न नेपालका राजनीतिक दलालहरुलाई प्रयोग गरिरहेको छ,दलाल सत्ताको अन्त्य नभएसम्म राष्ट्रिय स्वाधीनता प्राप्त हुदैन’ विप्लवले भने ।

अाफ्नाे अान्दाेलनलाई नेपाली सेना र प्रहरीले पनि साथ दिने दावी गर्दै विप्लवले देश बचाउने र बनाउनेहरु सबै एक हुनु पर्ने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...