क्रान्तिकारी युवाहरुको अभियानले दलाल भ्रष्टहरुको निद हराम भयो - विप्लव

  • काठमाडौँ, २८ माघ ।
नेकपा (माओवादी)का महासचिव विप्लवले सरकारले दमनकारी रबैया जारी राखे फरक ढंगले अान्दोलन अगाडि बढ्ने बताएका छन् ।

पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा बोल्दै विप्लवले अाफ्नो पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा उनले यस्तो भनेका हुन्।

उनले भने,’हिजो थवाङमा जुनियर अफिसर रहेको ठाउँमा सिनियर अफिसरको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरेर राज्यले षड्यन्त्र मुलक रबैया देखाएको छ, यस्तै गलत रबैया देखाए फरक ढंगले आन्दोलन अघि बढ्छ ।’

कार्तिक २७ बाट सुरु भएको जनस्वमसेवकको उपत्यका केन्द्रीत अभियानको बिहीबार समापन कार्यक्रममा बोल्दै महासचिव  विप्लवले क्रान्तिकारी युवाहरुको अभियानले दलाल भ्रष्टहरुको निद हराम भएको बताए । महासचिव विप्लवले अभियानमा सहभागी युवाहरुलाई प्रसंशापत्र समेत वितरण गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...