जावलाखेलमा सडक खन्दा पैसाकाे भाडो भेटियो, टिप्नेकाे घुँइचाे
- ललितपुर, २५ माघ ।
खानेपानीको पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सोमबारबाट सडक खन्न थालिएको थियो । त्यसक्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटिएकाे हाे ।
स्थानीयले बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन) स्थानीयले लगे । प्रहरीहरु यसमा रमिते बनेर बसे । सडकमा भेटिएको रहल-पहल पैसा खोज्न त्यहाँ सोमबारदेखि नै मानिसहरु भिडिरहेका छन् । प्रहरीले रमिता हेरिरहेकै छ ।
सोमबार पैसाकेा भाँडो नै भेटिएको थियो, जुन त्यहाँ जम्मा भएका स्थानीयले लगेका छन् ।
मंगलबार पनि खन्ने क्रममा केही पैसा भेटिएको छ । त्यही भएर मानिसहरु त्यहाँ कुखुराले जसरी माटो खोसि्ररहेका थिए । केहीले सिक्का भेट्टाएका पनि छन् । भेटिएको सिक्का हेर्दा निकै पुराना जस्ता देखिए पनि खिया लागेका कारण त्यसमा लेखिएको केही बुझ्न सक्ने अवस्था छैन ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले माटोमुनि सिक्का भेटिएको पुष्टि गरेका छन् । तर प्रहरीकै अगाडि भेटिएको पुरातात्विक सामाग्री प्रशासनको हातमा पुग्यो कि स्थानीयले लगे भन्नेबारे भने प्रष्ट हुन सकेकाे छैन ।

प्रतिकृया दिनुहोस्
Loading...