उत्तर प्रदेश विधानसभा चुनाव : प्रधानमन्त्री मोदीको ठूलो परीक्षण

  • एजेन्सी, २९ माघ ।

भारत उत्तर प्रदेशमा शनिबारदेखि विधानसभा चुनाव सुरु भएको छ । सात चरणमा हुने चुनाव अन्तर्गत पहिलो चरणमा शनिबार उत्तर प्रदेशका ४ सय ३ विधानसभा सिट मध्ये ७३ सिटका लागि मतदान भइरहेको छ ।

यो चुनवामा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी तथा कांग्रेसको गठबन्धन र भारतीय जनता पार्टीबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै मायावती नेतृत्वको बहुजन समाज पार्टी पनि कडा प्रतिस्पर्धामा छ । उत्तर प्रदेशको चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षणका रुपमा पनि हेरिएको छ ।

यो चुनावलाई पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाउनेसहितका प्रधानमन्त्री मोदीको निर्णयको परीक्षणको रुपमा पनि हेरिएको छ । यस्तै उत्तर प्रदेश चुनवालाई हिंसा विरुद्धको अभियानका रुपमा पनि प्रतिस्पर्धी पार्टीले अभियान चलाएका छन् । सन् २०१३ मा ६५ जनाको ज्यान जाने गरी हिंसा भड्किएको मुजफ्फरनगरसहितका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सन् २०१४ मा भएको लोकसभा चुनावमा भारतीय जनता पार्टी बिजेपीले उत्तर प्रदेशका ८० मध्ये ७३ सिट जितेको थियो । तर विधानसभा चुनावमा बिजेपीको प्रदर्शन राम्रो नहुने विश्लेषण गरिएको छ ।

पहिलो चरणको चुनावमा शनिबार पाँच यस्ता सिटी छन् जहाँ हाइ–प्रोफाइल नेताको प्रतिस्पर्धा छ । यसमा मेरठमा उत्तर प्रदेश बिजेपीका पूर्व अध्यक्ष लम्मीकान्त वाजपेयी, सरधना सिटीमा बिजेपीका संगीत सोम, नोएडामा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहका छोेरा पंकज सिंह, कैरानामा बिजेपीका मृगान्का सिंह र थाना भवन सिटमा बिजेपीका सुरेश राणा उम्मेदवार छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...