प्रधानमन्त्री प्रचण्डले चितवनका सुकुम्बासीलाई बाँडे लालपुर्जा
- चितवन,२६ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासीको समस्या दिगो र स्थायी हुने गरी छिट्टै समाधान गरिने बताउका छन ।
नेकपा माओवादी केन्द्र चितवनले बुधबार भरतपुर उपमहानगरपालिका–१७ को माडेचौरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी व्यवस्थापनका लागि नीति र कार्यक्रम मन्त्रिपरिषद्बाट छिट्टै पारित गरिने बताए ।
आफू पहिलोपटक प्रधानमन्त्री हुँदा वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासीलाई बसिरहेको ठाउँबाट नहटाउने निर्णय गरेअनुरुप अहिले आ–आफ्नो ठाउँमा बसिरहेको बताए ।
नेपालमा सुकुम्बासी समस्या प्रमुख र संवेदनशील रुपमा रहेको भन्दै उनले बस्ने ठाउँ सबै नेपालीले पाउनुपर्ने बताए ।
शिक्षा, स्वास्थ्य र रोजगारी संविधानमा आधारभूत अधिकारभित्र राखिएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई व्यावहारिक रुपमा अगाडि बढाउन नीति नियम बन्दै गरेको बताए ।
सो अवसरमा उनले देशको राजनीतिक परिस्थिति निकै जटिल अवस्थामा रहेको भन्दै निकट भविष्यमा हुनलागेको तीन तहको निर्वाचन सफल बनाउन सबैसँग आग्रह गरे। निर्वाचनको तयारीमा सरकार जुटिसकेको भन्दै उनले निर्वाचनसँगै संविधान कार्यान्वयन भएर जाने बताए ।
प्रतिकृया दिनुहोस्
Loading...