२२ औं जनयुद्ध दिवस : पोखरामा वाइसिएलको मार्चपास
जनयुद्ध दिवसको अवसरमा योङ्ग कम्युनिष्ट लिग कास्कीले आइतबार पोखरामा मार्चपास गरेको छ । नेकपा माओवादी केन्द्र कास्की कार्यालयबाट शुरु भएको ¥याली सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मार्चपासमा सहभागीहरुले वाइसिएल जिन्दाबाद, उज्यालो नेपाल जिन्दाबाद, प्रचण्ड, जनार्दन शर्मा र कुलमानलाई काम गर्न देऊ, बिजुली चोर मुर्दाबाद, युवाहरुलाई रोजगार देऊ लगायतका नाराहरु लगाएका थिए ।
विकृति र विसंगतिबिरुद्ध वाइसिएलको सकृयता देखाउने उद्धेश्यले जनयुद्ध दिवसको अवसर पारेर मार्चपास गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघका युवा कमिटी केन्द्रीय अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए ।
कार्यक्रमको समापनलाई सम्बोधन गर्दै वाइसिएल प्रदेश नम्बर ४ का ईञ्चार्ज सुमन देवकोटाले माऊ पार्टी नेकपा माओवादी केन्द्रले चुनाव जिताउने अभिभारा वाईसीएललाई दिएकाले त्यो अभिभारा जनताको मन जितेर पूरा गर्न निर्देशन दिए । उनले विकृति, विसंगती बिरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्न पनि निर्देशन दिए ।
कार्यक्रममा वाईसियल कास्कीका ईञ्चार्ज राजकुमार दुलाल ‘सुवर्ण’, कास्की अध्यक्ष रामबहादुर थापा, सचिव तोरण गुरुङलगायतले पनि बोलेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...