फागुन १५ सम्म निर्वाचन घोषणा नभए जेठमा स्थानीय निकायको निर्वाचन असम्भव: नेता डा खडका

  • भक्तपुर, १९ माघ । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सासद् डा नारायण खड्काले सरकारले फागुन १५ भित्र स्थानीय निकायको निर्वाचन घोषण नगरे जेठमा निर्वाचन सम्भव नभएको बताएका छन् । 

रफत सञ्चार क्लवमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले फागुन १५ भित्र निर्वाचन मिति घोषणा नभए जेठमा निर्वाचन नहुने दावी गरे। 

निर्वाचन आयोगले तीन महिनाअगावै निर्वाचन मिति घोषणा गर्न आग्रह गरिरहेको अवस्थामा वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसके नैतिक दबाबमा पर्ने बताउनुभयो । उहाँले जसरी पनि स्थानीय निकायको निर्वाचनमा अगाडि बढ्नुपर्ने बताए ।

आगामी २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सरकारले गृहकार्य अगाडि बढाउन नसकेकोसमेत उनले आरोप लगाए । 

उनले भने, सरकारले जेठभित्र स्थानीय निकायको निर्वाचन गरेर देखाए अर्को आउने मंसिरमा प्रदेशको निर्वाचन गराउन सकिन्थ्यो । तर जेठमा निर्वाचन गर्न नसकिए त्यसपछि मंसिरमहिना यता निर्वाचन सम्भव छैन् । 

जनतालाई विश्वासको वातावरण दिलाउँदै जानुपर्नेमा सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेकोमा उनले आक्रोश ब्यक्त गर्दै यदी जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने हो भने वर्तमान सरकारको काम रिबन काट्ने र उद्घाटन गर्ने अर्थात औपचारिक कार्यक्रममा त्यत्तिकै बित्ने भएकाले सरकार नैतिक संकटमा पर्ने बताए।

मधेशवादी दलले आफूहरुको सम्पूर्ण माग पूरा नभए निर्वाचन जान्न भन्नु गलत भएको बताए । उनले अधुरो जनादेश बोकेर आउने र जनताले पत्याएनन् भन्ने अनि आप्mना सम्पूर्ण माग पूरा भएन् भने निर्वाचन जान्न भन्नु गैरजिम्मेवार भएको बताए । 

एमालेले मधेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै मधेशवादी दलसँग एमालेले प्रत्यक्ष संवाद गरेर जायज माग पूरा गर्न सक्ने प्रतिबद्धता जनाएर निर्वाचनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए । 

सरकारले तीन तहको निर्वाचन एक वर्षभित्र गरिसक्नुपर्नेमा कुनै तहको निर्वाचन पनि नगर्ने हो भने वर्तमान सरकारको औचीत्यमाथि प्रश्नचिन्ह्र खडा हुने विचार राखे । 

उनले भने, यदी सरकारले काम गर्दै जाँदा आगामी वर्षको ७ माघभित्र संविधानले ब्यवस्था गरेबमोजिम निर्वाचन गर्न नसके केहि समय पर धकेल्न सकिए पनि कामै नगरी सरकारको आयू लम्ब्याउने खेलमा जो कोही सामेल हुन नहुने बताए ।

उनले मधेशवादी दललाई पनि आगामी निर्वाचनमा बहुमत ल्याएर आफू अनुकुल संविधान संशोधन गर्न चुनौती दिर्दै अनावश्यक बखेडा नझिक्न र निर्वाचन घोषणा गरिए आन्दोलनमा उत्रिने कुरा जायज नभएको बताए। उनले सरकारले एमालेलाई साथमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा त्यसो गर्न नसेकोसमेत बताए ।

एमालेले राष्ट्रियताको नारा दिएर कुनै पनि बहानामा सरकारलाई निर्वाचन गर्ने वातावरणमा ब्यवधान ल्याउन नहुने बताउँदै सबै एकजुट भएर संविधान कार्यान्वयनको दिसामा लाग्नुपर्नेमा जोड दिए । 

उनले आगामी २०७४ माघभित्र निर्वाचन गर्न नसकिए कानुनी जटिलता आउने भएपनि संसदको दुई तिहाई बहुमतले केहि समय पर थप्न सकिनेसमेत बताए । 


, ,

प्रतिकृया दिनुहोस्

Loading...