थरुहट तराई पार्टीका उपाध्यक्ष, महासचिवसहित ७ नेताद्वारा पार्टी परित्याग
काठमाडौं, ४ फागुन ।
थरुहट तराई पार्टी नेपालका उपाध्यक्ष, महासचिवसहित ६ जनाले पार्टी परित्याग गरेका छन् ।
सो पार्टीका उपाध्यक्ष नन्दकुमार चौधरी, महासचिव शम्भुप्रसाद चौधरी, केन्द्रीय सदयद्वय सन्तोष कठरिया र सुरज कठरिया, केन्द्रीय युवा शक्तिका सदस्य कृष्णकुमार चौधरी, काठमाडौं उपत्यका अध्यक्ष रामस्वागत चौधरीले राजीनामा दिएका हुन् ।
उनीहरूले संयुक्त रुपमा अध्यक्षलाई सम्बोधन गरेर राजीनामा पत्रसहित पार्टी परित्याग गरेका हुन् ।
थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले आन्तरिक विमती जनाउँदै पार्टी छाडेको केही समयलगत्तै उपाध्यक्ष, महासचिवसहित सदस्यहरूले सामूहिक रुपमा पार्टी छाडेका हुन् । उनीहरूले पार्टी छाडेपछि थरुहट तराई पार्टी नेपाललाई ठूलो नोक्सानी भएको छ ।
स्रोतका अनुसार पार्टी परित्याग गरेका उपाध्यक्ष, महासचिवसहितका केन्द्रीय नेताहरू बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गर्ने जनाइएको छ ।
यसअघि सांसद चौधरी नयाँ शक्ति पार्टीमा प्रवेश गरिसकेकी छिन् ।
प्रतिकृया दिनुहोस्
Loading...