२ पटक विवाह, ६ पटक प्रतिबन्धित–दक्षिण भारतीय सुपरस्टार प्रकाश राज

  • काठमाडौं ।
निर्देशक, निर्माता तथा अभिनेता प्रकाश राज दक्षिण भारतीय सिनेमाका सुपरस्टार हुन् । उनले सिनेमाकै लागि आफ्नो नाम प्रकाश रायबाट प्रकाश राज बनाएका हुन् ।

२६ मार्च १९६५ मा जन्मेका प्रकाश राज सिनेमामा आउनु अघि थियटर कलाकार थिए । यसका साथै उनले स्ट्रीट र स्टेज शो पनि गर्थे । स्टेज शो गरेर उनी महिनामा ३ सय रुपैयाँ कमाउँथे ।

सडक नाटक र स्टेज शोहरु गर्दै उनले टेलिभिजन सिरियलमा काम गर्ने मौका पाए । उनलाई सिरियलमा काम गर्दा धेरैको साथ र सहयोग मिल्यो । पछि उनले विस्तारै सिनेमामा पनि काम गर्न थाले । 

पहिले उनले कन्नड सिनेमामा काम गर्ने मौका पाए । त्यसपछि सन् १९९४ मा डुयट सिनेमाबाट उनले तमिल सिने उद्योगमा ब्रेक लिए । उनको पहिलो सिनेमा नै सुपरहिट भयो । त्यसपछि उनलाई काम पाउन गाह्रो भएन ।

सिनेमामाकामगर्ने क्रममाउनले विभिन्न किसिमका भूमिकाहरु निभाएका छन् । तर उनले भिलेन भएर काम गरेका सिनेमाहरु दर्शकले रुचाए । त्यसैले उनले सिने करिअरमा धेरैजस्तो सिनेमामा भिलेन नै भएर काम गरे ।

प्रकाश राजले बलिउड सिनेमामा पनि काम गरे । उनले सन् २००९ मा सलमान खानको सिनेमा वान्टेडबाट बलिउडमा ब्रेक लिएका हुन् । त्यसपछि उनले संघीम, दवंग २, मुम्बई मिरर, पुलिसगिरी, हिरोपन्ति, जंजीर लगायतका सिनेमामा काम गरेका छन् । 

६ पटक प्रतिबन्ध

एक सिनेमामा काम गरेको २ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने प्रकाशलाई तेलुगु सिनेमाका निर्माताहरुले सिनेमा उद्योगमा काम गर्ने शैली गलत भएको भन्दै ६ पटक प्रतिबन्ध लगाएका थिए ।

तर प्रकाशलाई अरुले लगाएको प्रतिबन्धले केही पनि असर गरेन । उनले यस बारेमा भनेका थिए, ‘म नियम र कानुनलाई फलो गर्छु र यसबाट पछि हट्दैन ।’ तर पछि दक्षिण भारतीय मिडियाहरुमा प्रकाशलाई केही निर्माता र निर्देशकहरु मिलेर फसाएका समाचारहरु पनि आएका थिए ।
सुटिङ सेटमा ढिलो जाने बानी

प्रकाशलाई प्राय निर्माता र निर्देशकहरुले सुटिङ सेटमा समयमा नआउने आरोप लगाउँदै आएका छन् । तर यस बारेमा कुराकानी गर्दै उनले आफ्नो सुत्ने समय राति ३ र उठ्ने समय बिहान ९ बजे भएको बताउँदै अरुको लागि आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन नसक्ने जानकारी दिएका छन् ।

उनी सिनेमाहरु साइन गर्ने समयमै सुटिङमा कुन समयमा आउने भन्ने कुरा फाइनल गर्छन् । त्यसकारण उनको बानी र समय मन पर्नेले उनलाई लिन्छ र मन नपर्नेले लिँदैन । यसमा उनी आफूलाई फरक नपर्ने बताउँछन् ।
सबै कामआफै गर्छन्

प्रकाश राज दक्षिण भारतीय सिनेमाका एक मात्र यस्ता अभिनेताहुन् जसले अहिलेसम्म आफ्नो कामको लागि म्यानेजर राखेको छैन । उनी आफ्ना सबै कामहरु आफै गर्छन् ।

उनीफोन रिसिभ गर्नेदेखि सिनेमा छनौटसम्मका सबै कामहरु आफै गर्छन् । प्रकाश आफ्नो कमाईको २० प्रतिशत भाग च्यारिटी गर्छन् । 

वैवाहिक जीवन

कोरियोग्राफर पोनी वर्मा प्रकाशकी दोस्रो श्रीमती हुन् । प्रकाश राजले दोस्रो विवाह सन् २०१० को अगस्टमा गरे । उनीहरुको उमेरमा १२ वर्षको फरक छ । पोनी भन्दा पहिले प्रकाशले अभिनेत्री ललिता कुमारीसँग सन् १९९४ मा विवाह गरेका थिए ।

तर दुई छोरी मेघना र पूजाका अभिभावक बनिसकेका उनीहरुको सन् २००९ मा डिभोर्स भयो । पहिलो श्रीमतीसँग डिभोर्स गरेर दोस्रो विवाह गरेका प्रकाश ५० वर्षको उमेरमा फेरि पिता बने । 

३ फेबु्रअरी २०१६ मा उनकी दोस्रो श्रीमती पोनीले छोरा जन्माइन् । छोरा बेदांत उनको दोस्रो विवाहबाट जन्मेका पहिलो सन्तान हुन् ।

उज्यालो र फर्सिनेटवर्कको सहयोगमा

,

प्रतिकृया दिनुहोस्

Loading...