डाक्टरहरू किन नबुझिने गरी लेख्छन् ?


डाक्टरले लेखेको अक्षर नबुझिने गुनासो सबैतिर हुन्छ । बिरामी र औषधी बिक्रेता दुवैका लागि यो गम्भीर विषय हो किनकि नबुझिने अक्षरका कारण अर्कै औषधी पर्न सक्ने जोखिम जहिलेपनि रहन्छ ।

भारतको मेडिकल परिषद्ले हालसालै एक निर्देशन जारी गर्दै डाक्टरहरूले बुझिने अक्षरमा र क्यापिटल लेटरमा लेख्नुपर्ने बतायो । गलत उपचार नहोस् भन्नका लागि पूर्ण र विस्तृत प्रिस्क्रिप्सन पनि डाक्टरहरूले दिनुपर्ने उसले बतायो । यो राम्रो कदम भएपनि प्रायः डाक्टरले यसलाई पालना गर्दैनन् ।

संसारभरिका डाक्टर नबुझिने गरी लेख्छन् । क्वोरा नामक एक सामाजिक सञ्जालमा एकजना डाक्टरले यसको व्याख्या गरिन् । आरुषि शर्मा नामक ती डाक्टर लेख्छिन् :

मैले स्कूलमा ह्यान्डराइटिङ कम्पिटिसन जितेकी हुँ । तर अहिले हे भगवान् । त्यतिखेर परीक्षाको कापीमा मैले लेखेको कर्सिभ अक्षर छापा बराबर राम्रो थियो । पछि गएर त म आफ्नै अक्षर बुझ्न छोडें ।

खासमा हामी जस्ता डाक्टरको अक्षर बिग्रनुमा धेरै पढाई पनि एक कारण हो । थोरै समयमा हामीले लामा उत्तरहरू लेख्नुपर्छ । तनावले हामीलाई मार्छ । हामीलाई परीक्षामा कुनै च्वाइस हुन्न । हामीले सबै थोक लेख्नुपर्छ।

विश्वास गर्नुस्, डाक्टरी बाहेकको परीक्षा पूरै फरक हो । लामो र झर्कोलाग्दो लेख्नुपर्दा पनि हाम्रो लेखाई बिग्रेको हो । हाम्रो लम्बेतान परीक्षा प्रणालीलाई धिक्कार छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...