कागेश्वरी मनहरा नगरपालिकामा विलय विरोधमा साँखुमा प्रदर्शन, १० जना पक्राउ
- काठमाडौं,२६ माघ ।
कार्यान्वयनमा आइसकेको शंखरापुर नगरपालिकालाई स्थानीय निकाय पुनर्संरचना आयोगले कागेश्वरी मनहरा नगरपालिकामा विलय विरोधमा साँखुका बासिन्दाले प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण शालीनदीमा मेला भर्न जाने तीर्थयात्री मर्कामा परेका छन् । प्रहरीले १० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर २ का अध्यक्ष सुवर्ण श्रेष्ठ, एलपी श्रेष्ठ, शंकरमान श्रेष्ठ, सुमन श्रेष्ठ, मनोज श्रेष्ठ, किरण रञ्जित, महेन्द्र श्रेष्ठ, भाइकाजी श्रेष्ठ, सरला खड्का र लक्ष्मी थापा रहेका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
जिल्ला विकास समितिले स्थानीय राजनीतिक दलसँगको परामर्समा काठमाडौंमा ११ वटा स्थानीय तह हुने सिफारिस गरे पनि पुनर्संरचना आयोगले त्यसकालाई ९ मा झारेको थियो ।
त्यही क्रममा शंखरापुर नगरपालिकालाई कागेश्वरीमा गाभिएको भन्दै साँखुका बासिन्दा ओन्दोलित भएका हुन् । उनीहरुले शंखरापुर नगरपालिकालाई कागेश्वरीमा गाभ्न नहुने माग गरेका छन् ।
पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको शंखरापुर नगरपालिका फेरि कायम गर्न माग गर्दै नागरिक समाज र स्थानीय दलहरुको सहभागितामा आन्दोलन भइरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...