संसदमा आज स्थानीय तहको चनाव सम्बन्धी विधेयक पेश हुने

  • काठमाडौं,१९ माघ ।

व्यवस्थापिका संसदमा बुधबार स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुँदैछ ।

राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले हिजो विधेयक टुंग्याएपछि बुधबार संसदमा पेश गर्न लागिएको हो । उपसमितिमा टुंगो लागेको विधेकयलाई अनुमोदन गर्न समितिको बैठक बस्दै छ ।

विधेयकमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिनु दुई महिला पहिले नै अर्को चुनाव गर्नुपर्ने प्रस्ताव गरिएको छ । 

संविधानले पदावधी सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था भएपनि दलहरु पदावधी सकिनुभन्दा दुई महिना पहिले नै चुनाव गर्ने प्रावधानमा सहमत भएका हुन् ।

विधेयकले गाउँपालिका, नगरपालिका वा जिल्लासभामा प्रमुख र उपप्रमुखको उम्मेद्वारमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने प्रस्ताव गरेको छ । संसदले यसअघि चुनावका लागि चाहिने अरु तीनवटा महत्वपूर्ण विधेयक पारित गरिसकेको छ ।

अब राजनीतिक दल सम्बन्धी विधेयक टुंगो लाग्न बाँकी छ । राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत मत ल्याउनैपर्ने गरी थ्रेसहोल्ड राख्न ठूला तीनदल सहमत भएका छन् । र थ्रेस होल्डको साना दलले भने विरोध गर्दै आएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...