रोल्पाको थवाङ र काठमाडौ शहर हाम्रै हो, कसैले आतंकित हुनु पर्दैन : बुढा
- काठमाडौं, २१ माघ ।
' हाम्रो पार्टीको महाधिवेशन काठमाडौंमा उद्घाटन गरेर रोल्पाको थवाङमा सम्पन्न गर्ने विषयलाई लिएर केहि तत्वहरुले विभिन्न थरिका कुराहरु फैलाएका छन्, तर नेपाली जनताका लागि काठमाडौं र थवाङ भनेको उस्तै हो, त्यसमा कुनै भिन्नता छैन ।' उनले भने - 'यसबाट कसैले पनि आतंकित हुनु पर्दैन।'
प्रचण्ड सरकारले माओवादी पार्टीमाथि निगरानी, धरपकड र दमन बढाउने तयारी थालेको भन्दै त्यसको विरोधमा नेकपा (माओवादी) ले काठमाडौंमा शुक्रबार प्रदर्शन गरेको थियो । सोही विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता बुढाले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार बिदेशीको कठपुतलि भएकोले राष्ट्रीयताको पक्षधरहरुमाथि धरपकट गरेकाे अाेराेप लगाए । 'अहिलेका राजनितिक पार्टीभित्र नै देश टुक्राउने तत्वहरु लागिपरेका छन, र सोहि अनुरुप अघि बढीरहेका छन् ।' उनले भने - 'त्यसलाई हामी कदापि सफल हुनदिने छैनौं ।'
नेकपा (माओवादी)ले भुमिगत नभइ प्रष्ट रुपमा गाँउ र सहरकेन्द्रित भएर अझ राजधानीमा नै राष्ट्रियता ,जनजिविका र जनतन्त्रका लागी कडा आन्दोलन गर्ने बुढाकाे चेतावनी छ । उनले थपे - 'अबको आन्दोलन काठमाडौंमै हुन्छ , काठमाडौंबाट नै जनताका हक अधिकारका निम्ति जस्तोसुकै संघर्ष गर्न माओवादी तयार छ । सोहि योजनाका साथ माओवादी अघि बढेको छ ।'
आठौं महाधिवेशनको तयारीमा रहेको नेकपा (माओवादी) का ६ कार्यकर्तालाई प्रहरीले बिहिबार राजधानीबाट पक्राउ गरेको थियो । पार्टी महाधिवेशनको प्रचारप्रसारका लागि खटिएका बिर बाहदुर कठायत, इन्द्र साउद, बीरेन्द्र मगर, चन्दन मगर, बिना मगर र भावना थापालाई प्रहरीले गिरफ्तार गरेको हो ।
त्यसकै विरोधमा नेकपा (माओवादी) ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको हो ।
प्रतिकृया दिनुहोस्
Loading...