सरकारी स्तरबाटै यातायात कम्पनी खुल्ने

  • काठमाडौं,२८ माघ ।
काठमाडौँ उपत्यकासहित मुख्य सहरका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारी स्तरबाट यातायात कम्पनी खुल्ने भएको छ ।

१० करोड रुपैयाँ सञ्चालन खर्च हुने गरी कम्पनी स्थापनाको अन्तिम चरणमा पुगेको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

देशका विभिन्न ठूला सहरमा यात्रुको सहजताका लागि सरकारले सय वटा ठूला बस सन्चालन गर्ने यस अघिको प्रतिबद्धता अनुसार सेवा दिन थालिएको हो । ४० देखि ५० वटा सिट भएको र बस अपांगमैत्री र वातावरणमैत्री हुने श्रेष्ठले बताए ।

काठमाडाैं, धनगढी, विराटनगर, नेपालगन्ज, पोखरा, बुटवल, जनकपुर, वीरगन्जलगायत सहरमा बस सञ्चालन गर्ने तयारी भइसकेको छ । यी सहरमा सरकारी बस चलाउने प्रक्रिया सुरु भएको र शुक्रबार प्रबन्ध पत्र तयार गरिने श्रेष्ठले बताए । आउँदो आइतबार र सोमबार बस सञ्चालनका लागि कम्पनी दर्ता गर्ने तयारी पनि भएको उनले बताए ।

सरकारले तत्कालका लागि ५० वटा बस चलाउन अनुदान दिने सहमति गरेको छ । यस्तै बस चल्ने रुटको बारेमा पनि छलफल भइरहेको छ । काठमाडौं उपत्यकामा भने रत्नपार्कलाई केन्द्र विन्दु बनाएर चलाउने तयारी भइरहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...