म्याद थपका लागि सत्य निरुपण आयोगको सरकारलार्इ प्रस्ताव

  • काठमाडौं, २३ माघ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थपका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । आयोगको आइतबार बसेको बैठकले म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

यसअघि आयोगको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा आयोगका सदस्यहरुबीच नै विवाद थियो ।

सशस्त्र द्वन्द्वकालीन घटना छानबिन गरी दोषिलाई कारबाही र पीडितलाई राहत सिफारिस गर्न गठन भएको आयोगको म्याद यही माघ २७ गते सकिँदै छ ।

वेपत्ता छानबिन आयोगले भने यसअघि नै एक वर्ष म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव पठाइसकेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...