ताइवान एशोसियसनले बनायो भूकम्पले भत्केको विद्यालय

  • काठमाडौं, २५ माघ ।

नेपाल ताइवान एसोसियसनले भूकम्पपछि ध्वस्त भएको काभ्रेको चण्डेनीस्थित कालिकुमारी प्राविको भवन निर्माण गरेको छ ।

ताइवानस्थित नेपालीहरुको संगठन एसोसियसनले करिब २४ लाख रुपैयाँ लागतका पक्की भवन निर्मााण गर्नुको साथै विद्यालयलाई फर्निचर, विद्यार्थीका लागि आवश्यक पर्ने सामाग्री वितरण गरेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा एसोसियसनका अध्यक्ष राजु गुरुङले भुकम्पबाट अति प्रभावित जिल्लाका विद्यालय पुननिर्माण गर्ने क्रममा सो विद्यालय निर्माण गरेको जानकारी दिए । उनले ताइवानी र ताइवानमा रहेका नेपालीहरुको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरेको बताए ।

यसअघि गिरानचोकका भूपम्पीडितलाई धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख ५ हजार, खगेन्द्र नवजिवनलाई करिब एक लाख रुपैयाँ बराबरको सामाग्री, नेपाल स्पाइनलकर्ड इन्जुरी स्पोस्र्ट एसोशियसनलाई करिब ५० हजार रुपैयाँ बराबरको समाग्री हस्तान्तरण गरेको उनले बताए ।

भूकम्पबाहेक महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्रलाई २ लाख ५७ हजार रुपैयाँ सहयोग गरिएको उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै समाजसेवी मोहन कार्कीले ताइवानमा रहेका नेपालीले गरेको सहयोग देशको लागि महत्वपूर्ण रहेको बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...