प्रचण्ड सरकारले नै स्थानीय चुनाव गराउँछः देउवा

  • काठमाडौं, १ फागुन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताएका छन् । स्थानीय चुनाव भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गराउने उनले बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले शनिबार पालुङटार स्थित ठाटी पोखरी बजारमा आयोजना गरेको आमसभामा बोल्दै उनले २०७४ माघ भित्र तीन वटै निर्वाचन हुने भन्दै चुनाव गराउने दायित्व कांग्रेसले पुरा गरि छाड्ने बताए ।

तोकिएको समयमा चुनाव नभए देश संवैधानिक संकटमा फस्ने उनले बताए । संविधान कार्यान्वयनका लागि पनि चुनाव गर्नु पर्ने देउवाको भनाइ थियो ।

उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताए । संविधान संशोधन भए मात्र तराई, पहाड र हिमालको एकता हुने उनले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...