३३ किलो सुन प्रकरण : प्रहरी हेडक्वार्टरबाटै समातिए एसएसपी श्यामबहादुर खत्री

  • काठमाडौं
३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका एक उच्च अधिकारी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई आइतबार प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको हो ।

खत्रीलाई केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज दिउँसो पक्राउ गरेको हो ।

विमानस्थलमा कार्यरत खत्रीलाई सुनकाण्डपछि प्रधान कार्यालयमा तानिएको थियो । सुनकाण्डमा पक्राउ परेकाको बयानका आधारमा तस्करीमा खत्रीकोे संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

यसअघि सुन तस्करलाई सघाएको भनि शंकाको घेरामा रहेका खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको थियो भने त्यहाँबाट जगेडा पुलमा सारिएको थियो ।

उनलाई पक्राउ पछि केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालय महाराजगञ्जमा लगिएको बताइएको छ । पुस २१ गते विमानस्थलबाट ३३ किलो सुन पास हुँदा उनी विमानस्थलको सुरक्षा कमाण्ड सम्हाल्ने दोस्रो वरियताका अधिकारी दिए ।

यसैबीच त्रिभुवन विमानस्थलसम्बद्ध अरु अधिकारी पनि शंकाको घेरामा रहेकाले उनीहरुमाथि पनि अनुसन्धान भइरहेको सिआईबी स्रोतले जनाएको छ ।

विमानस्थलको जाँच छलेर गौशाला पु¥याएको अवस्थामा ब्यूरोको टोलीले सो सुनसहित गत पुस २१ गते तीन जनालाई पक्राउ गरेको थियो ।

सुनसहित मोरङका दिलबन्धु थापा, जनकपुरका सन्तोष काफ्ले र बाँकेका गोपालबहादुर शाही पक्राउ परेका थिए ।

सुन तस्करी प्रकरण : विमानस्थलका एसएसपी तानिए
अनुसन्धानकै क्रममा भन्सारका कर्मचारी श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई समेत यसअघि प्रहरीले पक्राउ गरिसकेको छ ।

व्यूराले नेपालगञ्जका गोपाल बहादुर शाहीले एयर अरेबियाको उडानबाट ल्याएको सुन रिसिभ गर्न पुगेका मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले सोही दिन पक्राउ गरेको थियो ।

ब्युरोले उनीहरुकै बयानका आधारमा त्रिभुवन विमानस्थल भन्सारमा कार्यरत दुई अधिकृत सहित अन्य दुई जनालाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, मुख्य अभियुक्तलाई भने अहिले सम्म पनि बाहिर ल्याइसकेको छैन ।

यो पनि पढ्नुहोस्

३३ किलो सुन प्रकरण : छानविन समिति गठन, २९ जना कर्मचारी जिम्मेवार बिहिन

सुन तस्करीबारे महराले भने,‘म त भुरा माछा हुँ’





,

प्रतिकृया दिनुहोस्

Loading...