फुटबल रंगशालमा भागदौड, १७ जनाको मृत्यु, सय बढी घाइते

  • एजेन्सी, २९ माघ ।

अंगोलाको एक फुटबल रंगशालमा भागदौड मच्चिँदा कम्तिमा १७ जनाको ज्यान गएको छ ।

अंगोलाको उत्तरी शहर उइगे शहरमा रहेको रंगशालमा भागदौड मच्चिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा एक सय जना भन्दा धेरै घाइते भएका छन् ।

अंगोलाको ए डिभिजन लिगको खेल हेर्न पुगेका दर्शकले रंगशालमा प्रवेश गर्न नपाएपछि प्रवेशद्वारमा आक्रमण गरेका थिए । त्यसपछि भागदौड मच्चिएको हो । ८ हजार दर्शकको क्षमता रहेको रंगशालामा क्षमता भन्दा धेरै दर्शक पुगेपछि प्रवेशमा रोक लगाइएको थियो ।

तर समर्थकले आफूहरु भित्र प्रवेश गर्न पाउनु पर्ने भन्दै प्रवेशद्वारमा आक्रमण गरेपछि भागदौड मच्चिएको र १७ जनाको ज्यान गएको स्थानीय अधिकारीको भनाई छ ।

ज्यान जोनमा केही बालबालिका पनि रहेको अंगोला तथा पोर्चुगलका सञ्चारमाध्यमले जनाएका छन् । घटनाको छानबिन गर्न अंगोलका राष्ट्रपतिले आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...