साढे ३३ किलो सुन प्रकरण : एसएसपी खत्रीलाई अदालत पेश गरियो

  • काठमाडौं,२४ माघ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई जिल्ला अदालतमा पेश गरिएको छ ।

सिआइबीको टोलीले म्याद थप गरी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौं लगेको हो । केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालबाट आइतबार पक्राउ गरेको हो ।

एसएसपी खत्री पुस २१ गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत थिए । पछि उनलाई अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो ।

उनले सुन तस्करलाई सघाएको आरोपमा सिआइबीले पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

३३ किलो सुन प्रकरण : प्रहरी हेडक्वार्टरबाटै समातिए एसएसपी श्यामबहादुर खत्री

, , ,

प्रतिकृया दिनुहोस्

Loading...