क्रान्तिकारीसहित सात विद्यार्थी सङ्गठनद्वारा देशभरका क्याम्पसहरुमा तालाबन्दी
- इमान्दार मिडिया संवाददाता ।
नेकपा (माओवादी)निकट अखिल(क्रान्तिकारी) सहित सात विद्यार्थी संगठनहरुले चार बुद्दे माग राख्दै उपत्यकासहित देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।
त्रिभुवन विश्व विद्यालयले फर्जी विद्यार्थी भर्नालाई मान्यता दिएको ,विद्यार्थी सङ्गठनहरुलाइ हेर्ने दृष्टीकोण र गर्ने व्यबहारमा बिभेद गरेको, स्ववियु निर्वाचनको लागी उपयुक्त वातावरण निर्माण नगरेको भन्दै त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पससहित देशै भरीका क्याम्पसहरुमा तालाबन्दी गरिएको अखिल (क्रान्तिकारी) का उपत्यका संयोजक लोकेश विश्वकर्माले जानकारी दिए ।
त्रिविको एकलकाटे प्रवृत्ति र आसेपासे केहि सिमित सङ्गठको उक्साहटमा गरिएको यस्तो हर्कतकै कारणले स्ववियु निर्वाचनको वातावरणमा धमिलिदै गएको बिश्वकर्माको भनाई छ । यस विषयमा सम्बधित निकायलाइ पटक पटक जानकारी गराएर छलफलको माग राख्दा समेत खासै गम्भीरता नदेखिएपछि बाध्यात्मक रुपमा तालाबन्दी गर्नुपरेको उनले बताए ।
इमान्दार मिडियासँगको कुराकानीमा बिश्वकर्माले त्रिविको अहिलेको गतिविधिले चार लाख बढी स्वतन्त्र एवं स्वाधिन विद्यार्थीहरुको अधिकारलाइ कुन्ठित गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे । साथै अाफुहरूका माग पुरा नभए र त्रीविले याे प्रवृति नसच्याए जारी संघर्षलार्इअझै शसक्त बनाउने चेतावनी दिए ।
सात विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचन सम्बन्धी चरणवद्ध घर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । जसअन्तर्गत २६ गते (आज) स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा देशब्यापी तालाबन्दी गरेको हो । यस्तै (भाेली) २७ गतेदेखि निर्वाचनका सबै कामहरू ठप्प पार्ने, (पर्सि) २८ गते विभिन्न नाराहरुसहित प्रतिरोध गर्ने जनाएको छ । तालाबन्दीका कारण देशभरिका करिब २ सय ५० भन्दा बढी क्याम्पसहरु ठप्प भएका छन ।
२०७३ माघ २६ गते प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...