वर्डप्रेसका १५ लाख साइटमा ह्याकरको हमला, डिजाइन नै कुरुप पारेर बिगारे


ब्लगिङ साइट वर्डप्रेसमाथि ह्याकरहरुले अहिलेसम्मकै ठूलो साइबर हमला गरेका छन् । ह्याकरहरुले वर्डप्रेसका ब्लगहरुमाथि आक्रमण गरी १५ लाख ब्लगलाई कुरुप बनाइदिएका छन् ।

ब्लगहरुलाई कुरुप पारेर बिगारेसँगै ह्याकरहरुले ब्लग भित्र छिरेर अन्य डाटाहरु समेत प्राप्त गर्ने कोसिस गरेका बताइएको छ । वर्डप्रेसले ब्लगरहरुलाई अपिल गर्दै साइबर हमलाबाट बच्नका लागि वर्डप्रेस सफ्टवेयर अपडेट गर्न आग्रह गरेको छ ।

सन् २०१६ को अन्त्यतिर वर्डप्रेसले सार्वजनिक गरेको अपडेटेड सफ्वेयर भर्सनमा साइबर आक्रमणको समस्या देखिएको छ । जसबारेमा एक सेक्योरिटी र्फमले गत जनवरी २० मै वर्डप्रेसलाई जानकारी गराएको थियो ।

त्यसपछि वर्डप्रेसले सफ्टवेयरको प्याच भर्सन रिलिज गरी वर्डप्रेसका ब्लगहरुमा अटोम्याटिक रुपमा अपडेट हुने व्यवस्था गरेको थियो । तर कतिपय ब्लगरहरुले आफ्ना ब्लगमा त्यसलाई अपडेट गर्ने चासो नदिँदा साइबर हमलामा परेका दाबी गरिएको छ ।

साइबर सेक्योरिटी र्फम वर्ड फेन्सले झण्डै २० ह्याकर समूहहरुले कमजोर साइटहरुमाथि आक्रमण गर्ने प्रयास गरिरहेको प्रमाण आफुले फेला पारेको जनाएको छ । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...