थवाङमा विप्लव माओवादी महाधिवेशन, बन्दसत्र बिहिबारदेखी
- काठमाडौँ ५ फागुन ।
महाधिवेशन बन्दसत्रका लागि पार्टीका शिर्ष नेता तथा प्रतिनिधिहरु मंगलबार नै थवाङ पुगिसकेका छन् भने यो पटक माओवादीले बन्दसत्रमा पर्यवेक्षकको ब्यबस्था गरेको छैन ।
फागुन १० गते सम्म चल्ने बन्दसत्रमा करिब १ हजार प्रतिनिधि सहभागी भएको थवाङबाट पत्रकार दिया चन्दले जानकारी दिएकी छन्। चन्दका अनुसारबिहिबार दिउसो २ बजेपछि मात्र बन्द सुरु हुने छ । बिहानैदेखि ११ बजे सम्म केन्द्रिय समितिको बैठकक बसेको थियो ।
बन्दसत्रमा पार्टी महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले प्रस्तुत गरेको दस्तवेजमाथि छलफल हुने छ ।
प्रतिकृया दिनुहोस्
Loading...