माओवादी महाधिवेशन : विप्लवले पेश गरे दस्तावेज, पार्टीको नाम फेरिने

  • दिया चन्द 
थवाङ ५ फागुन ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेकपा माओवादीको ८ औं महाधिवेशन बन्दसत्रको पहिलो दिन पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले भावी रणनीति र कार्यदिशा समेटिएको राजनीतिक दस्तावेज पेश गरेका छन्। 

बन्दसत्रको पहिलो दिन विप्लवले पेश गरेको दस्तावेज ६ खण्डको छ । दस्तावेजमा अन्तराष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टीका चुनौती र अवसर,पार्टीका सिद्धान्तिक बिषयहरु र पार्टीका आगामी कामहरुका बारेमा व्याख्या गरिएको छ ।

दस्तावेज भित्र शक्ति राष्ट र मुस्लिम राष्ट्र बिचको अन्तरविरोध, दलाल र जनता बिचको अन्तरविरोध, विश्वको सैन्य अबस्था, आर्थिक र आधुनिकीकरण प्रविधिको बारेमा पनि ब्याख्या गरिएको छ ।

त्यस्तै नेपालमा हरेक बर्ष दलाल पूजीको अतिक्रमण बढ्दै गएको ब्याख्या गरिएको छ । दस्तावेजले नेपालीमाथि ऋणको भार चुलिनुले नेपालको आर्थिक अबस्था कमजोर भएको निष्कर्ष निकालेको छ ।
  • खडक बहादुर बिकले प्रस्तुत गरे बिधान 
महाधिवेशनको बन्दसत्रमा पार्टीका प्रबक्ता खडक बहादुर बिक 'प्रकाण्ड'ले पार्टीको बिधान पेश गरेका छन् । 

महासचिवको प्रतिबेधन पेश हुने कार्यक्रम सकिए लगत्तै बिधान पेश गरेका प्रकाण्डले अबको क्रान्तिको नेतृत्व आफुहरुले गर्नुपर्ने जिम्मेवारी आइपुगेको बताउदै त्यसका निम्ति पार्टीलाइ अनुशासित र चुस्तदुरुस्त राख्न बैज्ञानिक बिधि अनुसार बिधान तयार पारिएको बताएका छन् ।
  • हरेक ४ बर्षमा महाधिवेशन गर्ने प्रस्ताब 
प्रतिवेदनमा हरेक ४ बर्ष भित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताब राखिएको छ । विप्लवले पार्टीको आगामी कार्यदिशा र कार्यक्रम बारे दस्तावेज पेश गर्दै अब हरेक ४ बर्षमा महाधिवेशन गर्ने प्रस्ताब गरेका हुन् ।
  • नेतृत्वको आवधिक कार्यकाल तोकिने 
माओवादीमा अब नेतृत्वको कार्यकाल आवधिक हुने प्रस्ताब पेश गरिएको छ । एकै जना नेता लामो समय प्रमुख नेतृत्वमा रही रहनुले पार्टीलाई जीवन्त राख्न नसक्ने निष्कर्षमा आफुहरु पुगेको भन्दै विप्लवले अब नेतृत्वलाइ निश्चित अवधिका लागी मात्र जिम्मेवारीमा रहने प्रस्ताव पेश गरेका छन् ।
  • पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र रहने 
विप्लव माओवादीले थवाङ महाधिवेशनबाट पार्टीको नाम फेरेर नेपाल कम्युनिष्ट पार्टी मात्र राख्ने भएको छ । महाधिवेशनमा प्रस्तुत दस्तावेज मार्फत पार्टीको नाम फेर्ने प्रस्ताब गरिएको हो । 

दस्तावेज प्रस्तुत गर्दै विप्लवले बिगतमा कम्युनिष्ट पार्टी फुटेर अलग-अलग हुँदा फरक पहिचान दिनका लागी मात्र पछाडी अरु नामहरु जोडिएको भन्दै अब नेपालमा विभिन्न नामधारी कम्युनिष्ट पार्टी राखिराख्न जरुरी नभएकोले पार्टीको नाम फेरिने बताएका छन् ।
  • मालेमावादलाई मार्ग निर्देशक सिद्दान्त मान्ने 
विप्लव माओवादीले पार्टीको नाम फेर्ने प्रस्ताब गरेपनि मार्ग निर्देशक सिद्धान्त भने माक्सवाद, लेलिनवाद, र माओवाद मान्ने भएको छ। 

माओवादीबाट नाम फेरेर कम्युनिष्ट पार्टी मात्रै राख्न लागेको नेकपा ( माओवादी) ले माओवादी धारलाई छोड्यो भन्ने आरोप खेप्नुपर्ने आकलन गरिएको बेला पार्टीको मार्ग निर्देशक सिद्धान्त मालेमावाद राखेपछि लगभग अब यो भ्रम च्यातिएको सम्मेलनमा सहभागी प्रतिनिधिहरुले इमान्दार मिडियालाइ प्रतिक्रिया दिएका छन् ।
  • दर्जन बढी देशका भाइचारा पार्टीका प्रतिनिधि सहभागी 
महाधिवेशनमा नेपालका अलावा विभिन्न देशका भाइचारा पार्टीका अथिति प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।

भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको उपस्थिति रहेको माओवादी केन्द्रीय कार्यालयले इमान्दार मिडियालाई जानकारी दिएको छ । 
  • छलफलका लागी प्रतिनिधिलाइ २० वटा ग्रुपमा विभाजन
महाधिवेशनमा प्रस्तुत दस्तावेज माथि छलफल गर्नका लागी सहभागी प्रतिनिधिहरुलाई २० वटा ग्रुपमा विभाजन गरिएको छ ।

महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् अञ्चल ब्युरो र हरेक जिल्लाबाट कम्तीमा एक र बढीमा १० जनासम्म प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

शुक्रबार २ बजे पुनः सुरु हुने बन्दसत्रमा ग्रुप लिडरहरुले आ-आफ्ना ग्रुपमा उठेका छलफलका बिषयबस्तुलाई पेश गर्ने छन्।

बिहिबार साझ ७ बजे स्थगित गरिएको बन्दसत्र शुक्रबार महासचिवको राजनीतिक प्रतिवेदनमाथि ग्रुप लिडरले पेश गरेको टिप्पणीमाथी पार्टीका बरिष्ठ नेताहरुले आफ्ना धारणा पनि राख्ने प्रबक्ता प्रकाण्डले बताएका छन् ।

महाधिवेशन सम्बन्धित यी समाचार छुटाउनुभयो की ?

, , ,

प्रतिकृया दिनुहोस्

Loading...