थ्रेसहोल्डबारे विवाद मिलाउने प्रयास चल्दै, विज्ञहरुले दिए यस्ताे सुझाव
- काठमाडौं,२१ माघ ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले राष्ट्रिय दलको मान्यता पाउनका लागि कति मत ल्याउनुपर्ने अर्थात थ्रेसहोल्ड कति प्रतिशत राख्ने भन्ने विवाद मिलाउने प्रयास गरिरहेको छ ।
यस विषयमा टुंगो लगाएर संसदको आउँदो बैठकमा पेश गर्ने तयारी भैरहेको समिति अन्तर्गतको उपसमितिका सदस्य रामेश्वर फुयाँलले जानकारी दिए । ठूला तीन दल कांग्रेस, माओवादी र माओवादी केन्द्र समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड राख्नुपर्नेमा सहमत भएपनि साना दलले विरोध गरिरहेका छन् ।
जसका कारण संसदको बिहीबारको बैठकमा थ्रेसहोल्ड सम्बन्धि विधेयक पेश हुन सकेन । समानुपातिक निर्वाचन प्रणाली भएका सबै देशमा थ्रेसहोल्ड राखिएकाले नेपालमा पनि राख्नुपर्ने विज्ञहरुको सुझाव छ ।
प्रतिकृया दिनुहोस्
Loading...