इरानमा लाग्यो ‘अमेरिका मुर्दाबाद’को नारा !

- काठमाडौं, २९ माघ ।
अमेरिका मुर्दाबादको नारा लगाउँदै हजारौं इरानीहरुले प्रदर्शन गरेका छन् ।
उनीहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला पनि जलाएका छन् ।धार्मिक नेता अयातुल्लाह अली खामेनीको आहृवानमा हजारौं इरानी प्रदर्शनमा उत्रिएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसहित सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका छन्, जुन कार्यान्वयन गर्न अदालतले अन्तरिम रोक लगाएको छ ।
धार्मिक नेता खामेनीले भने इरानी नागरिक अमेरिकाका लागि खतरा नभएको भन्दै प्रदर्शनका लागि आहृवान गरेका थिए ।
तेहरानबाट सुरु भएको प्रदर्शन आजादी (स्वतन्त्रता) स्वास्क्वायरतर्फ अघि बढेको थियो ।
त्यहाँको सरकारी टीभीका अनुसार प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...