फोहोरको डंगुरमा पहिरो जाँदा १५ जनाको मृत्यु

  • एजेन्सी, २९ फागुन । 

फोहोरको डंगुरमा पहिरो जाँदा इथियोपियामा १५ जना मजदुरको ज्यान गएको छ । 

राजधानी एडिस अबाबा नजिकै रहेको फोहोर फाल्ने ठाउँ अर्थात् ल्याण्डफिल्ड साइटमा पहिरो जाँदा अरु केही हराइरहेका बिबिसीले जनाएको छ । 

फोहोरको पहाडमा पहिरो जाँदा त्यहाँ अस्थायी घर बनाएर बसेका मजदुरहरु हराइरहेका हुन् । पहिरो गएका बेला त्यहाँ झण्डै डेढ सय मानिस थिए । यो ल्याण्डफिल्ड साइटमा गएको ५० वर्षदेखि फोहोर फालिँदै आइएको छ । 

ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट उर्जा निकाल्ने केन्द्र बनाइरहेको छ । राजधानीबाट निस्किएको फोहोरलाई जलाएर विद्युत उत्पादन गर्ने केन्द्र स्थापना गर्न लागिएको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...