एमाले अनेरास्ववियुको फोहोरी राजनीतिक -क्याम्पस प्रमुखको मिलेमतोमा क्रान्तिकारीका उम्मेदवार अपहरण

- इमान्दार मिडिया संवाददाता ।
नेकपा एमालेनिकट अनेरास्ववियुले स्ववियु चुनावलाई लिएर निक्कै लाजमर्दो हर्कत देखाएको छ । दमक क्याम्पसमा आफ्नो प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) बाट आफु पत्तासाफ हुने सम्भावना देखेपछि उसले (क्रान्तिकारी) का उम्मेदवार नै अपहरण गरी बेपत्ता बनाउन सम्म भ्यायो ।
कुरा फागुन १३ गतेको हो । दमक बहुमुखी क्याम्पस झापाका स्ववियु उम्मेदवार सन्तोष गौतमलाई ८/१० वटा माेटरसाइकलमा अाएकाे अनेरास्ववियुको एक जत्थाले अपहरण गरी बेपत्ता बनायाे । अनेरास्ववियुले एक रात नियन्त्रणमा लिएर गौतमलाई रिहा पनि गरिसकेको छ । गाैतमलार्इ अपहरण गर्नुकाे मुख्य कारण भनेकाे उनलार्इ चुनावबाट बाहिर पुर्याउनु नै थियाे जसमा अनेरास्विवयु सफल पनि भयाे । उम्मेदवारी दर्ता गर्नेदिन गाैतम अनेरास्विवयुकाे नियन्त्रणमा भएका कारण नाव दर्ता गर्न पाएनन् ।
गौतमको उमेदवारी रोक्नकै लागि दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टराईको मिलेमतोमा उनलाई अपहरण गरिएको अखिल (क्रान्तिकारी) ले विज्ञप्तिमार्फत जनाएको छ ।
क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले बिहिबार एक विज्ञप्तिमार्फत उक्त घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
'विगत लामो समयपछि हुन् लागिरहेको स्ववियु निर्बाचनमा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) लाई
चुनाव विरोधीको झुटो आरोप लगाउने र आफुलाई कथित लोकतन्त्रको मसिहा ठान्ने एमालेनिकट अनेरास्ववियुले फागुन १३ गते दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टराईको मिलेमतोमा हाम्रो संगठनका स्ववियु उम्मेदवार सन्तोष गौतमलाई अपहरण गरि बेपत्ता बनाएर नामावली दर्ता प्रक्रियाबाट बन्चित गर्ने षड्यन्त्र र दर्ता फिर्ता लिएको भन्ने सुनियोजित प्रचार गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।' विज्ञप्तिमा भनिएको छ ।
उनले दोषीलाईलाई यथासिघ्र कारवाही नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिकाे जिम्मा स्वयम् सम्वन्धित पक्षले लिनुपर्ने चेतावनी समेत दिएका छन् । अनेरास्ववियुको अपहरणमा परेका गौतमले नामावली दर्ता प्रक्रियामा भाग लिन पाएका थिएनन् । यता अनेरास्ववियुले भने गाैतमले अाफ्नाे उम्मेदवारी फिर्ता लिएको दावी गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति
हेर्नुहोस् विज्ञप्ति

२०७३ फागुन १९ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...