यसरि गरियो शहिद गोविन्द गौतमको अन्त्यष्टि, पिताले दिए दागबत्ती (भिडियोसहित)
- हेमन्त न्याैपाने ।
भारतीय एसएसबीले गाेली हानी हत्या गरेका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको अाइतबार राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गरिएको छ ।
कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका पिता ७२ बर्षीय खेमलाल गौतमले दागबत्ती दिएका हुन् ।
गत बिहीबार ज्यान गुमाएका गौतमको सेती अञ्चल अस्पताल धनगढीबाट शुरु भएको शवयात्रा गृहनगर पुनर्वास नगरपालिका हुँदै कञ्चनपुरको दोदा नदी किनारमा पुगेपछि उनको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो ।
गौतमको अन्त्येष्टी कार्यक्रममा कैलाली र कञ्चनपुरका स्थानीयहरू, सुरक्षा अधिकारीहरु, सरकारी उच्च कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत हजाराैंकाे सहभागिता रहेकाे थियाे ।
पुनर्वास नगरपालिकाको आनन्दबजारस्थित नेपाल-भारत सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयलाई लिएर विवाद हुँदा भारतीय एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेकाे थियाे ।
उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदासम्म पुगेको थियो । उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सीधै दोदा नदी किनार लगिएको हो ।
गाैतमको हत्यापछि नेपाल कम्युनिष्ट पार्टी लगाएतले चर्काे बिराेध गरेका थिए । गाैतमकाे शाेकमा डुबेकाे कैलाली कञ्चनपुरमा यसपटक हाेली समेत मनाइएकाे छैन । सामाजिक सञ्जाल, फेसबुक, ट्विटरलगाएतमा समेत गाैतम हत्यकाे चर्काे विराेध गरिएकाे छ ।
प्रतिकृया दिनुहोस्
Loading...