काठमाडाैंमा एक्कासी परेको असिना पानीले फेसबुकमा आयो स्टाटसहरुको बाढी !

काठमाडाैंका केही ठाँउमा शुक्रबार राती असिना पानी परेकाे छ । शुक्रबार दिउँसोदेखि नै बेलाबेलामा बादलले छोप्दै आएको राजधानीमा राति साढे ९ बजेतिर एक्कासी असिनासहित पानी पर्दा सामाजिक सञ्जाल फेसबुकमा भने बिभिन्न व्यक्तिहरुले त्यसलाई अनेकौं प्रसंगसँग समेत दाँजे ।

केहिले असिना पानीलार्इ नेपालकाे राजनीतिसँग पनि तुलना गरे भने केहिले प्रेमीकासँग समेत यसलार्इ दाँज्न पछि परेनन् । पत्रकार दिपेन्द्र कुँवरले असिनालार्इ थालमा राखेकाे तस्विर फेसबुकमा पाेस्ट गर्दै लेखेका छन्, - 'याे भात हैन असिना पानी हाे ।'

यस्तै नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सँगठन अखिल (क्रान्तिकारी)का नेता बिनाेद लुइटेलले शुक्रबारकाे असिना पानीलार्इ गाेलीभन्दा पनि कडा भनेका छन् । 'के याे स्थानीय चुनाव रोक्ने संकेत हाे की त ?' भन्दै उनले प्रश्न गरेका छन् ।

यस्तै पत्रकार विष्णु विवेकले भने शुक्रबारकाे असिना पानीलार्इ सांकेतिक रूपमा कुनै विवेश मान्छेसँग तुलना गरेका छन् । 'तिमी पनि त्यस्तै छाै, जस्ताे याे असिना पानी। क्षणभरमै बर्सिने र तर्सिने ।' उनले भनेका छन् ।
हेर्नुहाेस् अरू कसले के-के भने












२०७३ चैत्र ११ गते प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...