श्रीमतीले नामर्द भनेपछि अरुणले दिए आत्महत्याको धम्की

  • नयाँदिल्ली । 

आफूलाई दिनदिनैको बेइज्जतीबाट बचाउन एक भारतीय युवकले पानीटंकीमाथि चढेर ज्यान दिने धम्की दिएपछि सम्झाइबुझाइ गरेर तल झारिएको छ ।

ती युवकले पत्नी र ससुराले सधै आफूलाई नामर्द भनेर आरोप लगाउने गरेपछि आक्रोशित भएका थिए । ती युवकले ज्यान दिने सुरमा पानीटंकीमा चढेपछि नामर्दको घटना बाहिर आएको थियो ।

कोलकोताको गायत्रीपुरम निवासी अरुण राव बिहान ११ बजे कलेक्ट्रेट परिसरमा रहेको पानीटंकीमा चढेका थिए । टंकीमाथि रहेका उनले हातमा पेट्रोल भरिएको बोतल पनि बोकेका थिए । धम्की दिन थालेपछि जम्मा भएको भीडले उनलाई फकाएर तलझारेको समाचारमा उल्लेख छ ।

पीडित अरुण रावलले आफूलाई सधै पत्नीले नामर्द भनेर होच्याउने गरेका कारण ज्यान दिने सुरमा पानीटंकीमा चढेको प्रहरीलाई बयान दिएका छन् ।

नौ वर्ष अगाडि विवाहित अरुण राव र उनकी पत्नीबाट बच्चा जन्मिएको छैन । बच्चा नजन्मिएपछि पत्नी र ससुराले नामर्दको आरोप लगाएका थिए । 

,

प्रतिकृया दिनुहोस्

Loading...