युवतीहरुलाई घरपालुवा जनवारजस्तै सिक्रीमा बाँधेर हिँड्ने युवक पक्राउ
- नाइजेरिया ।
युवतीहरुलाई घरपालुवा जनवारजस्तै सिक्रीमा बाँधेर हिँड्ने नाइजेरीको लागोसस्थित एक नाइटक्लबको मालिक माइक इजे–नवाली न्वगु पक्राउ परेका छन् ।
प्रटी माइक भनेर चिनिने न्वगुले युवतीहरुलाई ‘घरपालुवा जनवार’ बनाएर विगत एक वर्षदेखि हिँड्दै आएका थिए । उनलाई गत वर्ष एक विवाहको पार्टीमा यसरी युवतीलाई ल्याएको पहिलो पटक देखिएको थियो ।
तर, त्यतिबेला उक्त फोटोले त्यति चर्चा कमाएन । तर, त्यसपछि उनले युवतीहरुलाई जनवारजस्तै बाँधेर हरेक कार्यक्रममा पुग्न थाले ।
यसरी यस्तो हर्कत दोहोरिन थालेपछि सामाजिक सञ्जालमा यसबारे ठूलो बहस बन्यो । धेरैले युवतीहरुमाथि गरिएको व्यवहारको खरो आलोचना गरेका थिए । पछिल्लो समय उनले यसरी नै युवतीहरुलाई बाँधेर हिँडिरहेको र नजिकै पाँच प्रहरी अधिकारीहरु हाँसेर बसेको फोटो सार्वजनिक भएपछि यसले झन् ठूलो विवाद सृजना गर्यो ।
त्यसपछि सामाजिक सञ्जालबाट उनीमाथि कारवाहीको माग उठ्न थाल्यो । पहिले त प्रहरीले यो विषयलाई ध्यान दिएन । तर, यसबारे आलोचना बढ्न थालेपछि प्रहरीसँग् उनलाई पक्राउ गर्न बाहेक कुनै विकल्प बाँकी रहेन ।
‘हामी किन यो मामिलामा चुप बसिरहेका छौँ,’ नाइजेरियाली कलाकार जर्जिना ओनोहाले सामाजिक सञ्जालमा लेखिन्, ‘कहिलेदेखि हाम्रो समज नैतिकरुपमा गलत कार्यप्रति यति सुन्न बन्न थाल्यो ? कसरी हामी एटा राष्ट्र र मानिसको रुपमा यो तहमा झर्यौँ ?’
उनले थपिन्, ‘यदी कुनै गोराले यसरी नै अश्वेत युवतीलाई सडकमा बाँधेर हिँडेको भए सायद हामी उसलाई मृत्युदण्डको माग गर्दै नाराबाजी गथ्र्यौँ होला । तर, उनी अश्वेत हुने बित्तिकै यो कुरा सही भयो ?’
युएनओ नामक क्लबका ३० वर्षीय मालिकलाई बुधबार पक्राउ गरिएको थियो । तर, उनलाई आइन्दा त्यसो नगर्ने कागजमा दस्तखत गराएर रिहा पनि गरिसकिएको छ ।
राताेपाटी
प्रतिकृया दिनुहोस्
Loading...