जनिराख्नुहोस् प्रेमीका यी ५ कुरामा सधै शंका गर्छन प्रेमिकाहरु

हुनत पति पत्नि या प्रेमी प्रेमीको सम्बन्ध भनेको विश्वसको सम्बन्ध हो । यो सम्बन्ध विश्वासको आधारमा नै टिकेको हुन्छ । तर अनौठो कुरा जोडीबीच सँधै कुनै न कुनैरुपमा शंका पनि कायम हुन्छ । खासगरी महिलाहरु पतिका कतिपय कुरामा सँधै शंका गर्छन् ।

पति या प्रेमीका यी ५ कुरामा पत्नी प्रेमिकाले सँधै शंका गर्छन् :

१. मोबाइलमा समय विताउने

कुनै पनि स्त्रीलाई आफ्नो पतिले मोबाइल बढी चलाउँछ भने शंका लाग्छ । अझ फेसबुक, भाइवर वा ह्वाट्स्एप जस्ता कुराहरुमा बढी सक्रिय रहने पुरुषप्रति पत्निले विशेष शंका गर्छन् । मोबाइल चलाएर नबोलीकन बस्ने बानी छ भने आजै देखि छोडिदिनुस् । क्याण्डी क्रश नै खेलेको भएपनि पत्निले शंका गर्छन् ।

२. ढिलो घर आउने

कतिपय पुरुष आफ्नो ड्युटी सकिएपछि पनि ढिला गरेर मात्र घर जान्छन् । यसो गर्दा पत्निलाई भने शंका हुन्छ । पति कहाँ जान्छ के गर्छ भन्ने कुराले चिन्तित पार्छ ।

३. अफिसबाट भन्दै बाहिर जाने

अफिसको काम भन्दै सँधै शहर वा बसेको ठाउँबाट अन्यत्र गैरहने पुरुषमाथिपनि पत्निको शंका हुन्छ । सँधै अफिसको काम भन्दै बाहिर हिड्दा यस्तो शंका बढ्दै जान्छ ।

४. बढी चासो राख्दा पनि शंका

कतिपय अवस्थामा तपाइँले पत्निको विषयमा बढी नै हेरचाह गर्नु भो वा चासो लिनु भो भने पनि पत्निलाई तपाइँमाथि शंका लाग्न सक्छ । पतिले बढी चासो राख्दा महिलाललाई मनमनै के चलिरहेको छ भनेर शंका लाग्न सक्छ ।

५. सजिएर बाहिर जानु

कुनै पनि पुरुष बाहिर निस्किने बेला बढी नै सजिने वा पहिरनमा ध्यान दिन्छ भने त्यस्ता पुरुषप्रति पत्निको शंका हुन्छ । पति सजिएर कहाँ जान्छ भन्ने मनभित्रको शंकाले कहिलेकाँही समस्या समेत ल्याउन सक्छ । सायद यही भएर होला खासमा शंकाको उपचार नै छैन भनिन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...