कस्तो अच्चम ! बिहे गर्न समुन्द्रभित्र पुग्यो यो जोडी

हुन त तपाईंले थुप्रै विवाह देख्नुभएको होला तर केरलमा शुक्रबार एउटा अचम्मको विवाह भयो जुन विरलै हुन्छन् ।
एक भारतीय दुलहाले विदेशी दुलहीसँग गहिरो समून्द्र मुनी विवाह गरेका छन् । यो अचम्मको विवाह २७ जनवरी केरलको कोवलमको तटमा भयो ।

महाराष्ट्रमा बस्ने निखिल पवारले स्लोभाकियाकी यूनिका पोगरणलाई समून्द्रको गहिरो पानीमा आफ्नो दुलही बनाए । यो विवाह समारोह करिब एक घण्टासम्म चल्यो । यो विवाहमा निखिलका केही नजिकका साथीहरुले भाग लिए ।

आयोजकको दाबी अनुसार यो भारतको पहिलो विवाह हो जुन पानीभित्र भयो । विवाह आयोजना गर्ने बान्ड सफारीले समुन्द्र भित्र एउटा सानो मण्डप बनाएका थिए ।

निखिल एक डाइभिङ इन्स्ट्रक्टर हुन् र उनी आफ्नो विवाह केही भिन्न र रोचक बनाउन चाहन्थे । जब निखिलले यूनिकालाई यसबारे जानकारी दिए तब यूनिका सुरुमा नर्भस भएको बताइएको छ । निखिलले सान्त्वना दिएपछि उनी यसको लागि राजी भएको स्रोतले बताएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...