ग्वाटेमालाको एक बालिबालिका स्याहार गृहमा आगलागी, १९ किशोरीको मृत्यु

  • एजेन्सी, २६ फागुन ।

ग्वाटेमालाको एक बालबालिका स्याहार गृहमा आगलागी हुँदा १९ जना किशोरीको ज्यान ग्उको छ । 

राजधानी ग्वाटेमाला सिटीबाट २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पिनुलामा रहेको स्याहार गृहमा आगलागी हुँदा अन्य २५ जना घाइते भएका छन् । स्याहार गृहमै रहेका केही व्यक्तिका कारण आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

मंगलबार स्याहार गृहमा झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स्याहार गृहबाट झण्डै ६० जना बालबालिका भागेका छन् । स्याहार गृहमा रहेका बालिकामाथि यौन शोषण हुने गरेको भन्दै केहीले आलोचना गरेका छन् । त्यसपछि झडप भएको थियो । 

आगलागीमा परि ज्यान गुमाउनेमा १४ देखि १७ वर्ष उमेरका किशोरी छन् । स्याहार गृहमा अनाथ बालबालिका रहने गरेका थिए । चार सय जनाको क्षमता रहेको गृहमा आगलागी भएका बेला त्यो भन्दा धेरै रहेकाले पनि क्षति बढी भएको बिबिसीले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...