माओवादी सेनाद्धारा सरकारी सेनाको १५ थान हतियार कब्जा

  • एजेन्सी, ७ चैत्र ।
फिलिपिन्स कम्युनिस्ट पार्टीको जनमुक्ति सेना ‘न्यु पिपुल्स आर्मी’ ले एब वक्तव्य जारी गरी फिलिपिन्स सेनाको ३९ औँ इन्फेन्ट्री बटालियनको हेडक्वाटर नजिकै किडापन सहरमा रेड गरेर एउटा पनि गोली खर्च नगरी फिलिपिन्स सरकारि सेनाका १५ ओटा हतियार कब्जा गरेको गरेको छ ।

‘रिजनल अपरेसन कमान्ड, न्यु पिपुल्स आर्मी साउदर्न मिन्डानाओ’ का प्रवक्ता रिजोबटेडो सान्चेजले यही मार्च १६ मा जारी गरेको वक्तव्यमा भनिएको छ : ”एउटा पनि गोली प्रहार नगरी “माउन्ट अप्पो सब–रिजनल कमान्ड” का जनसेना तथा लाला योद्धाहरूले १५ मार्चका लिन दिनको ठीक १ बजे फिलिपिन्स सेनाको ३९ औँ इन्फेन्ट्री बटालियनको हेडक्वाटर नजिकै र सहरको प्रहरी मुख्यालयबाट केही मिनेटको दुरीमा रहेको किडापनमा रेड गरेर १५ ओटा उच्च प्रविधिका हतियार र गोलीहरू कब्जा गरेका छन् ।”

जनमेलका अनुसार वक्तव्यमा सो ठाउँमा गत साल युद्धविरामको समयमा फिलिपिन्स सेना गाउँमा पसेर ३ जना किसानको हत्या गरेका कारण लाल सेनाले दुस्मनमाथि रेड गरेर हतियार कब्जा गर्यो भनेको सुनेपछि जनता सडकमा निसकेर खुसियाली मनाएका थिए भनेर पनि उल्लेख गरिएको छ । वक्तव्यमा युद्धविरामको समय पारेर सरकारी सेना गाउंमा पसेर जनतामा आतङ्क उत्पन्न गरेको र जनसेनाको पकड भएको ठाउँमा समेत क्याम्प खडा गरेकाले थप भीषण अक्रमण गरिने कुरा पनि उल्लेख गरिएको छ ।

यसैबीच फिलिपिन्सको दुतार्ते सरकारले पुनः शान्ति वार्ता थाल्ने घोषणा गरेपछि फिलिपिन्स कम्युनिस्ट पार्टी का संस्थापक तथा ‘नेस्नल डमोक्रेटिक फ्रन्ट’ का प्रमुख सल्लाहकार जोसे मारिया सिसनले वक्तव्य जारी गरी यसको स्वागत गरेका छन् ।

२०७३ चैत्र ७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...