क्रिकेटर एमएस धोनी बसेको पाँचतारे होटलमा आगलागी, घटनापछि क्रिकेट म्याच रद्द

  • एजेन्सी, ४ चैत ।

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी बसेको पाँचेतारे हाेटलमा अागालागी भएकाे छ । राजधानी नयाँ दिल्लीस्थित आइटीसी वेलकम नामकाे पाँच तारे होटलमा शुक्रबार बिहान आगलागी भएको हो ।

भारतीय संचारमाध्यमका अनुसार उक्त होटलमा धोनीसहित झारखण्ड क्रिकेट टिमका खेलाडी बसेका थिए । खेलाडीहरु खाजा खान व्यस्त रहेको समयमा अचानक आगलागी भएको बताइएको छ ।

होटलमा ५ सय ४० अतिथि थिए । सबैलाई सुरक्षित उद्धार गरिएको बताइएको छ । प्रारम्भिक जानकारी अनुसार होटलमा रहेको रिलायन्सको शोरुमबाट आगो लागेको हो ।

आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट जानकारी आउन सकेको छैन । ३० वटा दमकलले आगो नियन्त्रणमा लिएको छ ।

आगलागीको सो घटनापछि घरेलु क्रिकेट म्याच रद्द गरिएको छ । उक्त होटलमा बस्दै आएको झारखण्ड क्रिकेट टिमले शुक्रबार बंगालविरुद्ध विजय हजारे ट्रफीको सेमिफाइनल म्याच खेल्ने कार्यतालिका थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...