भारतीय ज्यादती विरुद्ध २८ गते नेपाल बन्द, भोलि पत्रकार सम्मेलन

  • इमान्दार मिडिया संवाददाता।

भारतीय सुरक्ष फौजले कञ्चनपुरमा गरेको हत्या-आतंक विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले यही फागुन २८ गते नेपाल बन्दको घोषणा गरेको छ।

बिहीबार भएको उक्त आक्रमणमा परी एक नेपाली युवाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाइते भएका छन् ।

बन्दको पूर्वसन्ध्यामा भोली (शुक्रबार) दिउँसो १ बजे देशव्यापी विरोध जुलुस, साँझ मशाल जुलुसको आयोजना गरिएको पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले इमान्दार मिडियालाई जानकारी दिए । यसबारे थप जानकारी शुक्रबार पत्रकार सम्मेलन गरेर दिने बताइएको छ ।

कञ्चनपुरको पुनर्वास आनन्दबजार नजिक स्थानीय बनाएको कलभर्ट भारतीय सीमा सुरक्षा बलसहितको टोलीले जबर्जस्त भत्काउन शुरुगरेपछि प्रतिकार गरेका थिए । सोही क्रममा बिहीबार बिहान नेपालीमाथि सुरक्षा बलले अन्धधुन्दा गोली चलाएको र गोली लागेर पुनर्वास–८ माछापुछ्रेटोलका गोविन्द गौतमको मृत्यु भएको हो ।

सुरक्षाको नेपाल तर्फबाट सशस्त्र र जनपथका प्रहरी निरीक्षसहित दर्जन नागरिक घाइते भएका छन् ।

आनन्दबजारमा भारतीय सुरक्षा फौजको गोली लागी एक नेपालीको मृत्युभएपछि नेकपाका कार्यकर्ताले कैलाली र कञ्चनपुरमा आन्दोलन सुरु गरेका छन् ।

नेपालकाे दशगजा क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबीले) ले गरेको ज्यादतीबिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले बिहिबार साँझ देशभर विरोध प्रदर्शन गरेको छ ।

नेकपाका कार्यकर्ताले बिहीबार साँझ गौरीफन्टा नाका अन्तरगतको श्रीनगर भन्सार बन्द गराएका छन् भने कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न भागमा विरोध प्रदर्शन गर्दै भारतविरुद्ध नाराबाजी गरेका छन् ।

२०७३ फागुन २६ गते प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...