विप्लवको विद्रोहले प्रचण्ड संकटमा !

  • इमान्दार मिडिया । 
विप्लवले राजधानीमा जनशक्ति प्रदर्शन गरे, रोल्पा पुगेर अधिवेशन सम्पन्न गरेर समानान्तर होइन, वैकल्पिक सरकार चलाउने निर्णयमा पुगे । 

नेत्रविक्रम चन्दको यो विद्रोहले प्रचण्डका सामु तिमी सरकार प्रमुख, म पनि वैकल्पिक सरकार प्रमुख भन्ने चुनौती खडा भएको छ ।

अहिले प्रचण्ड सिंहदरवारमा साँघुरिन थालेको अनुमान गरिएको छ । संविधान कार्यान्वयन गर्छु भन्ने प्रचण्डको दावी हुटिट्याउँको धाक जस्तो पो हुनपुग्यो भन्छन् विश्लेषकहरु ।

विप्लवको नेपाल कम्युनिष्ट पार्टीले चैत ३ गते वैठक सम्पन्न गरेर प्रचण्ड सरकारलाई दलाल सत्ताको संज्ञा दिएको छ ।

यस्तो सरकारविरुद्ध बैकल्पिक सत्ता चलाउनै पर्ने निर्णयमा पुगेको नेपाल कम्युनिष्ट पार्टीले नौटंकी चुनाव नगर्न समेत चेतावनी दिदै एकीकृत जनक्रान्ति मार्फत जनसत्ताको स्थापना गर्ने बताएका छन्।

पहिले चुनाव नबिथोल्ने भने पनि अवको नीति चुनाव विथोल्ने मात्र हैन कुनै पनि हालतमा हुन नदिने भन्दै वहिस्कारका लागी जन अाह्वान गर्ने उक्त पार्टीकाे निर्णय छ । 

कम्युनिष्ट पार्टीले यसका लागि देशव्यापी सक्रियता बढाउने,देशभर जनसभा गर्ने, जनसत्तालार्इ प्रचण्ड सरकारकाे काउण्टरमा अघि बढाउने भएको छ ।

२०७३ चैत्र ६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...